एमाले मुस्ताङको अध्यक्षमा दिपक लालचन र सचिवमा तिलक विक निर्वाचित

एमाले मुस्ताङको अध्यक्षमा दिपक लालचन र सचिवमा तिलक विक निर्वाचित
सुन्नुहोस्

जोमसोम : नेकपा (एमाले) जिल्ला कमिटी मुस्ताङको अध्यक्षमा दिपक लालचन निर्वाचित भएका छन्। शनिबार जोमसोममा सम्पन्न पार्टीको आठौं अधिवेशनमा घरपझोङ गाउँपालिका—२ मार्फा लालचनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

३३ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा छेवाङ रिङजिङ गुरुङ, सचिवमा तिलक विक, उपसचिवमा माया गुरुङ र सम्राट गौचन निर्वाचित भएका छन्। 

एमाले मुस्ताङको जिल्ला कमिटी सदस्यमा रमेश गुरुङ, छाङरिङजिङ  गुरुङ, कुङ्गा तेन्जिङ गुरुङ, ढिकी गुरुङ, गोबिन्द ,जमुना घताने,विजय थकाली, संचित्र गुरुङ,पेमा छेतेन बिक,विशाल शेरचन,हिक्मत नेपाली,सनप्रसाद थकाली,टसी नर्बु गुरुङ,कर्मा नाम्ग्याल गुरुङ,छिरिङ ढिन्डु गुरुङ,कर्मसम्टुक गुरुङ,छयुमी बिष्ट,आङजेन गुरुङ,थाक्पाछिरिङ गुरुङ, शवि शेरचन,पासाङ गुरुङ,झझ्याङ तेन्जिङ गुरुङ,थुक्तेन छिरिङ गुरुङ,निमा धिन्डुक गुरुङ, यामकुमारी तुलाचन र दिपक थकाली लगायतका छन्।

अधिवेशनले पार्टीको लेखा समितिमा सुनदेवी रसाईली, सचिवमा आईतेलाल थकाली र सदस्यमा प्रेमकुमारी शेरचनलाई निर्वाचित गरेको हो। एमाले पार्टीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबारनै निर्वाचन कमिटीले औपचारिक घोषणा सार्वजनिक गरेको थियो। 

यसअघि नेकपा(एमाले)जिल्ला कमिटी मुस्ताङको आठौं अघिवेशनको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए। एमाले मुस्ताङको अधिवेशनमा सहभागी हुन केन्द्रिय सचिव गोकर्णराज बिष्ट र एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मासहितको टोली मुस्ताङ आएको थियो।

मुस्ताङले निर्वाचनमा सिट गुमाउन पुग्दा गण्डकीमा अप्ठ्यारो
अधिवेशनमा केन्द्रिय उपमहासचिव गुरुङले एमाले मुस्ताङले संघ तथा प्रदेशको निर्वाचनमा सिट गुमाउन पुग्दा गण्डकीमा सरकार सञ्चालनमा अप्ठ्यारो परेको बताए। उपमहासचिव गुरुङले देश जनताको हितका लागि एमाले पार्टीबाहेक अन्य पार्टीले केही गर्न नसक्ने दाबी गरे। उनले ०७४ सालको निर्वाचनमा यहाँ एमालेले जुन सफलता पाएको थियो,त्यो सफलता ०८४ मा कायम गर्ने गरी एमाले अघि बढ्नु पर्ने कार्यकर्तालाई सुझाए।

अधिवेशनमा केन्द्रिय सचिव विष्टले कोरलानाका जोड्ने उत्तर/दक्षिण राजमार्ग सडक एमाले सरकारले सुरु गरेको बताए। ‘एमालले विकास र समृद्धि चाहने पार्टी हो,हामीले निरन्तर काम गर्न पाएको भए कोरला सडक सम्पन्न भइसक्थ्यो,’सचिव विष्टले भने, अब कोरला नाकामा पूर्वाधार व्यवस्थापन गरी समृद्धिको ढोका खोल्न जरुरी छ।’

एमाले केन्द्रिय सदस्य चन्द्रमोहन गौचनले मुस्ताङमा पार्टी एक ढिक्का रहेको  र अब ०८४ को चुनावमा कांग्रेसलाई क्लीनस्वीप गर्ने गरी संगठन विस्तारमा जोड दिइने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.