हृदयघातबाट जोगिने उपाय
उच्च रक्तचापलाई अहिले घरघरकै समस्या भएको छ। विलासी जीवनशैली, शारीरिक अभ्यासको कमी र जथाभावी खानपानका कारण रक्तचापको समस्याले युवावयमै धेरैलाई पिरोल्दै आएको छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. केसीका अनुसार मुटुले रगत पम्प गर्दा धमनीमा सिर्जित चापलाई नै रक्तचाप भनिन्छ। उच्च रक्तचापले मुटुमा भार बढाउने, हृदयघात, स्ट्रोक, मिर्गौलामा असर पुर्याउनुका साथै आँखामा समेत असर पुर्याउँछ। आवश्यकताअनुसार रक्तचापको अवस्था जाँच गरिरहनुपर्ने सुझाव डा. केसीको छ।
रगतमा दुई किसिमको कोलेस्टेरोल हुन्छ। एउटा असल कोलेस्टेरोल ( एचडीएल) अर्को– खराब कोलेस्टेरोल (एलडीएल)। डा. केसीका अनुसार खराब कोलेस्टेरोलले रक्तनली अवरुद्ध (जाम) गरी बन्द गराउँछ। जसले गर्दा ह्रदयघात वा स्ट्रोक गराउने जोखिम हुन्छ। असल कोलेस्टेरोलले ह्रदयघात हुनबाट बचाउँछ।
त्यसैले यो पनि व्यक्तिको आवश्यकताअनुसार वा विशेषज्ञको सल्लाहअनुसार रगतमा कोलेस्टेरोलको मात्रा केकति छ ? सम्बन्धित चिकित्सकसँग परामर्श गरी जानकारी लिइ सजग हुनुपर्छ। यसको जाँच गरेपछि रगतमा तीन महिनासम्मको औसत चिनीको मात्रा थाहा पाउन सकिन्छ। रगतमा चिनीको मात्रा धेरै भएमा मुटु, मस्ष्तिक, रक्तनली, मिर्गौलालगायतका अंगमा असर पुग्छ।
हृदयघात हुने लक्षण
छाती दुख्नु/भारी हुनु, मुटु पोल्नु, वाकवाकी र बान्ता हुनु, अधिक पसिना आउनु, थकान महसुस हुनु, बंगारा, घाँटी र पाखुरा दुख्नु, सास फेर्न गाह्रो हुनु।
कस्तो खाना खाने ?
- फाइबर (रेसा) भएको खाना खाने,
- होल ग्रेन, गेडागुडी, दाल, फलफूल, हरिया सागसब्जी,
- वनस्पतिको तेल
- घिउ, नरिवलको तेल सक्दो कम गर्ने
- आइसक्रिम, कुकिज, चाउचाउ, बट्टाको जुस आदि प्रशोधित खाना कम खाने
- खानामा नुनको प्रयोग कम गर्ने
- तारेका, भुटेका भन्दा उसिनेका, पोलेका खानेकुरा खाने