नक्कली नोटको बिगबिगी

नक्कली नोटको बिगबिगी

 बनेपा : काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्कली नोटको बिगबिगी छ। बैंकमा पछिल्लो समय हजार र पाँच सयका नक्कली नोट बजारबाट भेटिन थालेका हुन्। बैंक तथा सहकारी पैसा डिपोजिट गर्न आउने अधिकांश पेट्रोल पम्प व्यापारी, जग्गा कारोबार गर्ने व्यापारी र ग्रामीण भेगबाट पैसा जम्मा गर्न आउने बचतकर्ताको साथबाट नक्कली नोट पेला पर्ने गरेको सहकारी तथा बैंकले बताएका हुन्। अधिकांश बैंकमा नक्कली नोट आए पनि बैंकहरूले ग्राहक भड्कने र आफूलाई समस्या पर्ने भन्दै घटनालाई गुपचुप राख्ने गरेका छन्। बैंकहरूले खल्तीको पैसा हाल्दै हल्ला हुन नदिएको पनि स्रोतले बतायो।

फेला पर्ने अधिकांश नक्कली नोट बण्डलको बीचमा भेटिने गरेको छ। मानिस सजिलै झुक्किउन् भनेर सक्कली नोटको बीचमा राखेर तस्करहरूले कारोबार गर्ने गरेका छन्। रातको समयमा पसल पा पेट्रोल पम्पमा तेल हाल्ने बहानामा आफूहरूलाई झुक्याएर नक्कली नोट भिडाउने गरेको पनौती पेट्रोल पम्पका एक व्यवसायी बताउँछन्। ‘साँझको समय भीडभाड भएको मौका छोपेर झुक्याएर नक्कली पैसा दिने गरेका छन्’, उनले थपे, ‘पछि बैंकमा गएपछि थाहा हुन्छ नक्कली नोट भनेर।’

भेटिएका नक्कली नोट खस्रो र फिक्का रंग उडेको जस्तोे, सेक्युरिटी थ्रेड बाहिरबाट टाँसेको, सेतो भागमा वाटर प्रिन्ट नभएको, अधिकांशमा एउटै नम्बर भएको पाइएको हो। नक्कली नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा नहुने गरेको र भए पनि मधुरो र बाहिरैबाट टाँसिएको पाइएका छन्।

धुलिखेल राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक विनोद सापकोटा भन्छन्, ‘साना बचतकर्ता भन्दा पनि धेरै बचत गर्न आउने जग्गा व्यवसायी तथा धेरै रकम जम्मा गर्ने व्यवसायीले बचत गर्न ल्याउने रकममा नकक्ली नोट भेटिने गरेको छ।’ उनले थपे, ‘हामीसँग पैसा गन्ने मसित त छ तर सक्कली हो कि नक्कली भन्ने छुट्याउने मेसिन नहुँदा ५०÷६० लाख ल्याउँदा सबै छुट्याएर प्रमाणित गर्न नसक्ने अवस्थामा समस्या आउने गरेको छ।’

बैक तथा सहकारीले फेला परेका नम्कली नोट प्वाल पर्नुका साथै मार्करले क्रस चिन्ह लगाएर बरामद वा फिर्ता गर्ने गरेका छन्। जिल्लाका अधिकांश बैंक तथा सहकारीले नक्कली नोटबाट धेरै समस्या व्यहोर्दै आएका छन्। तर पनि घटना र नोटबारे गुपचुप हुने गरेका छन्। जसले गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोहलाई थप प्रोत्साहन भइरहेको जानकार बताउँछन्।

सक्कलीजस्तै देखिने जाली नोटबाट बैंकका कर्मचारी र लेखापालसमेत झुक्किँदा खल्तीबाट कयौंपटक पैसा हाल्नु परेको बैंक तथा सहकारीका क्यासियर बताउँछन्। नक्कली नोट अनुभवी क्यासियर वा अत्याधुनिक मेसिनले मात्र सजिलै पहिचान गर्न सक्छ। जिल्लाका अधिकांश बैक तथा सहकारीमा अत्याधुनिक चेक गर्ने मेसिन नभएकाले यस्ता समस्या झेल्दै आएका हुन्। जिल्लाभर नक्कली नोटको बिगबिगी बढेको बैंक तथा सहकारीले जनाइरहँदा पनि प्रहरीले भने अनभिज्ञता प्रकट गर्दै आएको छ। नेपाली नोटभन्दा विदेशी नक्कली डलरको कारोबार गर्ने तीन समूहलाई नियन्त्रणमा लिएर कारबाही गरेकोे जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्का बताउँछन्।

बैंकका कर्मचारीले पनि जाली नोट फेला परेको प्रहरीलाई सूचना दिँदा ग्राहक भड्कने र कर्मचारीले समेत बयान, दसीप्रमाणजस्ता कानुनी झन्झट बेहोर्नु पर्ने हुँदा सूचना गुपचुप राख्दै आएका हुन्। मुलुकी ऐनअनुसार जाली नोटका कसुरदारमाथि बिगोबमोजिम छ महिनादेखि दस वर्षसम्म कैद र ६० हजारदेखि पाँच लाखसम्म वा दुवैको व्यवस्था रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.