गोलभेंडा किसान मर्कामा
धनकुुटा : धनकुुटा–९ बेलहराकी कमला आचार्यले एक साता अघिसम्म प्रतिकिलो पाँच रुपैयाँको दरले गोलभेंडा बेच्दै आएकी थिइन् । एक साताको बीचमा गोलभेंडाको भाउ बढेर प्रतिकिलो १२ रुपैयाँ पुुग्दा पनि उनमा उत्साह छैन ।
कारण प्रतिकिलो १२ रुपैयाँमा गोलभेंडा बिक्री गर्दा पनि लागत खर्च नउठ्नुु हो ।
गोलभेंडाको भाउ केही बढे पनि किसानका लागि त्यो हर्ष न विस्मात बनेको छ । आचार्य भन्छिन्, ‘कम्तीमा प्रतिकिलो १८ रुपैयाँ हुुँदा मात्र हामीलाई फाइदा हुुन्छ ।’ उनको गत वर्ष चार रोपनी क्षेत्रफलमा गरेको खेतीबाट दुई लाख रुपैयाँ आम्दानी भएको थियो । तर यो सिजन दुई रोपनी क्षेत्रफलमा फलेको गोलभेंडा बिक्रीबाट २० हजार पनि आम्दानी नभएको उनले बताइन् ।
बेलहरामा रहेका करिब नौ सय घरधुुरी किसानले प्रायः गोलभेंडा खेती गर्छन् । यहाँका कृषकको मुुख्य आम्दानीको स्रोत नै गोलभेंडा खेती हो । आचार्यका अनुुसार गोलभेंडाको भाउ स्थिर छैन । हरेक दिन गोलभेंडाको मूल्यमा उतारचढाव हुुँदा किसान मर्कामा छन् । ‘संकलन केन्द्रमा ल्याई नपुुग्दै गोलभेंडाको मूल्य घटेको पत्तै हुुँदैन, स्थिर भाउ नहुुँदा पनि किसानमा नैराश्यता छाएको छ’, उनले बताइन् ।
सहिदभूमि गाउँपालिकाको आँखीसल्लामा रहेको घुुमाउने डाँडा कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुुर विष्टले गोलभेंडाको भाउ केही बढे पनि किसानमा खासै उत्साह नथपिएको बताउँछन् । किसानलाई केही मात्रामा घाटाको अन्तर घटे पनि यो भाउले किसानको जीविकोपार्जन नहुुने उनले बताए । यस गाउँपालिकामा ७० प्रतिशत घरपरिवार गोलभेंडाको व्यावसायिक खेती गर्छन् । धनकुुटामा हिउँदे र बर्खे सिजनमा गरी १४ सय ५८ क्षेत्रफलमा गोलभेंडाको खेती हुुन्छ । विगत वर्ष दुुवै सिजन गरी करिब ५५ हजार मेट्रिक टन गोलभेंडा उत्पादन भएको थियो । भने करिब एक हजार ३५ करोड रुपैयाँ बराबर आर्थिक कारोबार भएको थियो ।
यहाँका किसानले उत्पादन गरेको गोलभेंडाको मुुख्य बजार पूर्वी तराई हो ।