अधिकारका लागि जुुटे किशोरी
विराटनगर : अनिता पन्धाकको घर हिमाली जिल्ला ताप्लेजुुङको सिदिङ्वा गाउँपालिका–४ मा पर्छ । अहिलेको अस्थायी बसाइ भने सदरमुुकाम फुुङ्लिङ बजार हो । पढ्नका लागि गाउँ बाहिर डेरा बसेकी हुुन् उनी । तर, उद्देश्य पढ्नुु मात्र होइन् । उनी आफूजस्तै किशोरकिशोरीको समस्या र अधिकारको पैरवी पनि गर्छिन् । पढाइ र सामाजिक काममा उत्तिकै समय खर्चने गरेकी अनिता भन्छिन्, ‘पढाइसँगै बालविवाह र किशोरी अधिकारको क्षेत्रमा आवाज उठाउँदै आएकी छुु ।’ उनी ताप्लेजुुङ बाल सञ्जालकी अध्यक्ष हुुन् । उमेर सानै छ । तर, उनको कामको उचाइ निक्कै ठूलो छ । त्यही भएर अनिताले चर्चा र प्रशंसा दुुवै पाएकी छन् ।
भोजपुुर डाँडागाउँकी स्मृति राई यशोधरा उच्च माविमा पढ्छिन् । कोर्सका किताब, कक्षा कोठाको दैनिकी र शिक्षकले दिने गृहकार्यमा मात्रै केन्द्रित छैनन् उनी । आफूजस्तै, आफ्नै उमेरका तर समस्यामा परेका किशोरीको लागि पनि केही समय उनले छुुट्ट्याएकी छन् । ‘आफ्नो लागि गर्नुु त छँदैछ तर म आफ्ना साथीहरूको लागि पनि काम गर्छुु’, राईले भनिन्, ‘सानै उमेरमा विवाह गरेर जीवन बर्बाद गर्ने किशोरकिशोरीलाई चेतना दिने गर्छुु ।’ गाउँघरमा गई अभिभावकलाई बालविवाह, बालअधिकार र बाल श्रमको विषयमा सम्झाउने काम मात्र गर्दा पनि उनलाई निकै सन्तुुष्टि मिल्ने गरेको छ ।
मोरङस्थित बूढीगंगा गाउँपालिकाकी सुुष्मा खवासको गाउँ आदिवासी बाहुुल्य क्षेत्र हो । गाउँलेले अहिले पनि उमेरै नपुुगी विवाह गर्ने गराउने गर्छन् । यसको प्रत्यक्ष सिकार बालिका र किशोरी नै हुुने गर्छन् । घर नजिकैको ऋषिदेव टोलका किशोरीको कम उमेरमै विवाह भएको देखेर सुुष्माको मन निकै पोल्यो । ‘गाउँमा साना बहिनीहरूको विवाह हुुन्थ्यो । विद्यालय जाने बेलामा के विवाह गरेको होला भनेर मलाई निकै चिन्ता लाग्थ्यो,’ सुुष्माले भनिन्, ‘यसलाई रोक्न केही गर्नैपर्छ भनेर म अभियानमा लागेँ । हामीले किशोरी समूह गठन गरेर खबरदारी गर्न थाल्यौं ।’ अहिले उनको विद्यालय बूढीगंगामा मात्र सुुष्माजस्तै किशोरीहरू सदस्य भएका पाँचवटा समूह छन् । समूहले अभिभावक र किशोरीलाई बालविवाहका नकारात्मक पक्ष बुुझाउने, प्रशासनलाई बालविवाह हुुन लागे रोक्न जानकारी दिने र बाल विवाहमुुक्त गाउँ बनाउने अभियान चलाउँदै आएका छन् । अनिता, स्मृति र सुुष्मा बालविवाह रोक्ने अभियानका दूत बनेका छन् । उनीहरूलाई यो उपाधि प्रदेश १ सरकारले दिएको हो ।
भदौ पहिलो साता प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा प्रदेशभरिका डेढ सयभन्दा बढी किशोरकिशोरी भेला भएर यही विषयमा छलफल गरे । आफ्ना अनुुभव साटासाट गरेर प्रदेश सरकारलाई प्रत्यक्ष रूपमा समस्या बताए । बनाउनुु पर्ने नीति र कार्यक्रमबारे सुुझाव पनि दिए । एघारबुुँदे घोषणा पत्र जारी गर्दै भदौ २ गतेलाई बालिका दिवसको रूपमा मनाउन प्रस्ताव गरे ।
सुुनसरीकी मुुस्कान खातुुनले भनिन्, ‘किशोरावस्थामै प्रेम गर्ने तर त्यसको महŒव नबुुझी भागेर विवाह गर्ने क्रमले पनि बालविवाह बढाएको छ ।’ उनले आदिवासी र पिछडिएको समुुदायमा छोरीलाई पाल्नुुपर्ने र बोझको रूपमा लिइने गर्नाले पनि सानैमा विवाह गरेर अर्काको घर जानुुपर्ने बाध्यता अन्त्य हुुन नसकेको बताइन् ।
प्रदेश १ का हिमाली, पहाडी र तराईका जिल्लामा एकसाथ बालविवाह न्यूनीकरणका अभियान घनीभूत रूपमा चलाइएको छ । यसका लागि प्रदेश सरकार, सामाजिक संस्थासंस्था र स्वयम् किशोरकिशोरी नै सक्रिय भएका हुुन् । बालविवाह तराई÷मधेसका झापा, मोरङ र सुुनसरीमा बढी हुुने गरेको तथ्यांकले देखाएको छ । हिमाली÷पहाडी जिल्लामा पनि उत्तिकै समस्या छ । बालविवाह रोक्न सक्रिय सामाजिक संस्था नारी विकास संघकी कार्यक्रम अधिकृत सरिता अधिकारी भन्छिन्, ‘तराईमा अधिक जनसंख्या भएका जिल्लामा धेरै समस्या छ भने पहाडमा पुुरानै रीतिथिति अँगालेका समुुदायमा बालविवाह गर्ने देखिन्छ ।’ प्रदेशका १४ वटै जिल्लामा वल्र्डभिजन, प्लान नेपाललगायतको सहयोगमा सञ्चालित कार्यक्रमले बालविवाह घटाउन मद्दत पुुगेको अधिकारीले बताइन् ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालविवाह, बालहिंसा र बाल श्रम रोक्न चालुु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट छुुट्ट्याइएको जानकारी दिए । सरकारको योजना बताउँदै उनले भने, ‘यो प्रदेशलाई सबैभन्दा पहिले बालविवाहमुुक्त प्रदेश घोषणा गर्ने हाम्रो उद्देश्य छ ।’