लाहुरेका वीरगाथा पछ्याउँदै

लाहुरेका वीरगाथा पछ्याउँदै

काठमाडौं : ब्रिटिस गोर्खाबाट सन् १९९३ मा रिटायर्ड भएपछि टीम आई. गुरुङले आफ्नो पूर्ण समय लेखनमा लगाए। समयसँगै बित्दै जाने जीवनलाई सार्थक बनाउन उनले दर्जन बढी पुस्तक लेखे। पोखरा घर भएका गुरुङ परिवारसँगै हङकङ बस्दै आएका छन्।

आफ्नो नयाँ पुस्तक ‘लाहुरेका वीरगाथाका’ लागि जीवित लाहुरेको इतिहास खोज्न उनी हाल नेपाल आएका हुन्। यो यात्रामा गोरखा, लमजुङ हुँदै पश्चिम नेपाल घुमेर सूचना र तथ्य संकलन गर्ने उनको योजना छ।

पहिले र अहिलेका गोर्खाली सेनामा धेरै परिवर्तन आएको उनको अनुभव छ। ‘तर, गोर्खाली वीरता भने मरेको छैन’, उनी भन्छन्, ‘यो किताब लगभग लेखेर सकाइसकेँ। अब नेपालबाट पाएका तथ्य जोड्न मात्र बाँकी छ।’ दोस्रो विश्वयुद्ध लडेका ब्रिटिस गोर्खाका साहसिक कथा आफ्नो पुस्तकमा समेट्न उनी अहिले एक महिने नेपाल भ्रमण छन्।

यो भ्रमणमा विश्वयुद्धलगायत परदेशी भूमिमा लडेका ब्रिटिस गोर्खा, सैन्य विज्ञ, समाजशास्त्री तथा अन्य विद्वान्सँग संवाद र साक्षात्कार गर्ने उनले बताए। पूर्व पशुपतिनगरदेखि पश्चिम कञ्चनपुरसम्म भ्रमण गर्ने उनको योजना छ। भन्छन्, ‘ब्रिटिस गोर्खाबारे धेरै पुस्तक लेखिएका छन्। यस विधामा स्वदेशी र विदेशी विद्वान्ले पनि कलम चलाएका छन्। तर मैले एक पूर्ण दस्तावेजको खडेरी महसुस गरेँ। यही खडेरी पूरा गर्न लागिपरेको छु।’

फिक्सन लेख्दै आएका गुरुङको ‘लाहुरेका वीरगाथा’ पुस्तक भने नन फिक्सन हुने उनले बताए। तथ्य र अनुसन्धानलाई समावेश गर्दा लेखन भिन्न हुने उनको भनाइ छ। भन्छन्, ‘गोर्खाली भन्नेबित्तिकै साहसी, वीर योद्धाको कथा लेखिन्छ तर मेरो किताबमा वियोगका कथा पनि छन्। तिनले भोग्नु परेका पीडा, दुःख र समस्याका कथा छन्।’

पुस्तकका निम्ति बर्मा, बेलायत, मलेसिया, सिंगापुर, र हङकङको अनुसन्धान यात्रापछि उनी नेपाल आएका हुन्। गुरुङले ‘एसिया टाइम्स’का लागि समेत लेख लेख्दै आएका छन्। गुरुङको गुनासो छ, ‘विदेशी विद्वान् ब्रिटिस गोर्खाबारे पश्चिमा चस्मा लगाएर लेख्छन्।

स्वदेशीहरू अलिक राजनीति र नेपाली भूगोलभित्र मात्र सीमित भइदिन्छन्। यी लेखनमा सैन्यकौशल र विज्ञानका पाटा समेटिएका छैनन्।’ तीन वर्षको निरन्तर अनुसन्धानपश्चात् सन् २०१९ को अन्त्यतिर प्रकाशन हुने सो पुस्तक अंग्रेजी भर्सनमा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.