डोटेली समाजको रक्तदान

डोटेली समाजको रक्तदान

काठमाडौं : डोटेली समाज काठमाडौंले बृहत रक्तदान कार्यकम्र आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथि रहेका प्रेमसागर कर्माचार्यले १५५ अौं  पटक रक्तदान गरेका थिए।

नयाँ बानेश्वरको छक्टकु बक्‍कु पार्कमा शनिबार आयोजित कार्यक्रममा नयाँ कीर्तिमान कायम गर्दै कर्मचाले १५५ अौं  पटक रक्तदान गरेका हुन्। कार्यक्रममा काठमाडौंलाई कर्म थलो बनाउँदै आएका डोटेलीलगायत अन्य ७७ जना रक्तदाताले रक्तदान गरेका थिए।

कीर्तिमानी रक्तदाता कर्माचार्यले चार महिनापछि शरीरमा रगत आफैं नष्ट हुने भएकाले हरेक ३-३ महिनामा रक्तदान गर्न सकिने बताए। उनले भने, 'हाम्रो सानो प्रयासले कसैको जीवन नै बाँच्छ भने रक्तदान किन नगर्ने?' कार्यक्रममा कर्माचार्यले सबैलाई रक्तदान गर्न सुझाव पनि दिएका थिए।

रक्तदानले प्रत्यक्ष रुपमा कसैको ज्यान बचाउन मद्दत पुग्ने बताउँदै कर्माचार्यले रक्तदान पछि शरीरमा कुनै कमजोरी वा समस्या हुने भ्रम चिर्न जरुरी भएको बताए। समाजको पहलमा पहिलोपटक आयोजित कार्यक्रममा संकलित ७७ प्रिन्ट रगत समाजका अध्यक्ष जगदिश केसीले रक्तसंचार सेवाका निर्देशक डा.मनिता राजकर्णिकारलाई हस्तान्तरण गरे।

अध्यक्ष केसीले आगामी दिनमा समाजले रक्तदान कार्यलाई स‌ंस्थागत रुपमा निन्तरता दिने बताए। रक्तदान कार्यक्रममा डोटीका शीर्षनेता, विभिन्न स‌ंघसंस्थामा आवद्ध कर्मचारी,समाजसेवी,विद्यार्थीलगायतको सहभागीता थियो।

रक्तदान गर्दै  डोटेली समाजकी उपाध्यक्ष करूणा शाही।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.