अवैध सामानसहित तीन भारतीय पक्राउ

अवैध सामानसहित तीन भारतीय पक्राउ

विराटनगर : तस्करीको अवैध सामानसहित तीनजना भारतीय नागरिकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। भारत अररिया बैजनाथपुर- १ का १८ वर्षीय राहुल साह, ४५ वर्षीय मनोज साह र ५० वर्षीय मोहित लाल साहलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

कार्यालयका अनुसार अवैधरुपमा भन्सार छली गरेर सामान तस्करी गर्दै गर्दा उनीहरु पक्राउ परेका हुन्। उनीहरुले नेपालबाट भारत र भारतबाट नेपालतर्फ तस्करी गर्दै गर्दा विराटनगर महानगरपालिका १५ र १८ बाट प्रहरीले एक लाख ६२ हजार चार सय ७० रुपैयाँ बराबरको अवैध सामान पनि नियन्त्रणमा लिएको छ। 

प्रहरीले भारतबाट ल्याउँदै गरेको लत्ताकपडा, खाद्यान्न र नेपालबाट भारततर्फ लगिंदै गरेको मरिच उनीहरुका साथबाट बरामद गरेको हो। बरामद गरिएको तस्करीको सामानसहित तीनैजनालाई आवश्यक कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। 

प्रदेश १का प्रहरी प्रमुख डीआईजी केदार रिजालले अवैध चोरी तस्करी नियन्त्रणका लागि प्रहरीले नेपाल-भारत सीमा क्षेत्रमा कडाई गरिरहेको बताए। उनले भन्सार कार्यालय तथा सशस्त्र प्रहरीसँग समेत समन्वय गरेर सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रणका लागि अभियाननै चलाइएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.