छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

विराटनगर  : मोरङमा शनिबार राति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर आठजना घाइते भएका छन्। रतुवामाई नगरपालिका-८ स्थित दाम्रभित्तामा को १ च ७७४६ नम्बरको भ्यानको ठक्‍करबाट साइकल यात्रीको मृत्यु भएको छ। उर्लाबारीबाट आमवारीतर्फ जाँदै गरेको भ्यानले रतुवामाई नगरपालिकाका ४० वर्षीय अनिल न्यौपानेलाई शनिबार दिउँसो ठक्‍कर दिएर घाइते बनाएको थियो। 

न्यौपानेको उपचारका क्रममा शनिबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ। साइकललाई जोगाउन खोज्दा भ्यान सडकमा पल्टिएको थियो। दुर्घटनामा परी चालक रतुवामाई ९ का ३८ वर्षीय राजेश नेपाल, भ्यानमा सवार २७ वर्षीय ध्रुब बराल, २३ वर्षीय गणेश थापा र २३ वर्षीय रोशन कार्की घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। 

त्यस्तै मोरङकै पथरीशनिश्चरे नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार राति मोटरसाइकल र कार ठोक्‍किँदा एकजनाको मृत्यु भएको छ। एकआपसमा ठोक्‍किएर सडक किनारमा पुगेको कारले ठक्‍कर दिँदा पैदल यात्री तेह्रथुमको लालीगुराँस नगरपालिका-२ का ५५ वर्षीय उद्धव मातेको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मातेको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३ प ७९०९ र विपरित दिशाबाट आउँदै गरेको बा १८ प ३४७ नम्बरको कार ठोक्‍किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कास्की हसनपुर गाउँपालिका- ४ घर भई मोरङको लेटाङ नगरपालिका ३ मा बस्दै आएका २५ वर्षीय सञ्जय कार्मी, पैदल यात्री तेह्रथुम लालीगुराँस ८ का ३८ वर्षीय पदम कार्की, मोरङ उर्लाबारी नगरपालिका २ का ६० वर्षीय निल नेपाली र उर्लाबारी ७ का ५३ वर्षीय छत्र दर्जी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

मोटरसाइकल, कार र कारका चालक झापा मेचीनगर नगरपालिका-१० काँकडभित्ताका ३५ वर्षीय जीवन विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.