कृसु क्षेत्रीको ‘चराको गीत’ लोकार्पण

कृसु क्षेत्रीको ‘चराको गीत’ लोकार्पण

न्युयोर्क : साहित्यकार एवं नेपाल सरकारका वाणिज्यदूत कृसु क्षेत्रीको ‘चराको गीत’ (कविता संग्रह) सार्वजनिक भएको छ। क्षेत्रीको कविता संग्रह न्युयोर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण भएको हो।

‘चराको गीत’को लोकार्पण महामहिम राजदूत डा. अर्जुनकुमार कार्कीले गरे। कार्यक्रममा कवि क्षेत्रीले प्रतिनिधि कविता वाचन गरेका थिए। 

बिलयन लेखन् का प्रवर्तक साहित्यकार क्षेत्रीका अर्धमुदित आँखा (गजल), बोधिसत्वको मृत्युउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) कृति प्रकाशित छन्। 

युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक), राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देवकोटा शताब्दी स्वर्ण पदकलगायत एक दर्जन साहित्यिक पुरस्कारबाट सम्मानित छन्।

साहित्यकार एवं वाणिज्यदूत क्षेत्री न्युयोर्कका नेपाली समाजमा मिजासिला नेपाली डिप्लोम्याट र लोकप्रिय वक्ताको रुपमा परिचित छन्।  एसनेपाल अनलाइनले आयोजना गरेको कृति विमोचन समारोहको अध्यक्षता  जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारले गरेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.