‘शाब्दिक समारम्भ’ सुदेश र छवि
काठमाडौं : हातेमालो साहित्य संगमको मासिक शृङखला अन्तर्गत आइतबार सुदेश सत्याल र छवि श्रेष्ठसहित ३० स्रष्टाले रचना वाचन गरेका छन्। कार्यक्रममा सुदेश अथिति कविका रुपमा उपस्थित भएका थिए भने छवि श्रेष्ठ विशेष गजल वाचकका रुपमा सहभागी भएका थिए। अन्य स्रष्टाले भने आ–आफ्ना रचना वाचन गरे।
‘शाब्दिक समारम्भ’नाम दिइएको सो नियमित मासिक रचना वाचन श्रृङ्खला लाजिम्पाटको डिल्लीरमण–कल्याणी स्मारक पुस्तकालयमा सम्पन्न भएको हो।
रचना वाचन शृङखला कार्यक्रमका प्रमुख अतिथि डा. देवी नेपालले सिर्जना आशावादी हुनुपर्नेमा जोड दिए। उनले निराशावादी सिर्जनाले आशावादी मनलाई समेत निराश बनाउने भन्दै साहित्यमा निराशा नराख्न सुझाव दिएका हुन्।