राँके बजारमा फेरि भीषण आगलागी

राँके बजारमा फेरि भीषण आगलागी

इलाम : पाँचथर र इलामको सिमानामा अवस्थित राँके बजारमा आइतवार राति भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय ठालुमान श्रेष्ठको घरबाट आगलागी सुरु भएको हो । आगलागीपछि अहिलेसम्म भीम बस्नेत र तील विक्रमसहितको घर जलिसकेका छन् । 

बजारको बाटो भन्दा तलको लाइनमा आगलागी भइरहेको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्न खोजिए पनि दमकल अभावमा असम्भव भएको छ । राँके प्रहरी चौकीका इन्चार्ज असई लीलाध्वज ढकालका अनुसार घरमा रहेका ग्यास सिलिन्डर विस्फोट हुँदा आगोले विशाल रुप लिएको हो । 

स्थानीयबासी प्रकाश बस्नेतले पनि ग्यास पड्किरहेकाले आगलागी नियन्त्रणमा लिन समस्या भएको जानकारी दिए । राँके बजारमा लागेको आगो नियन्त्रणमा लिन इलाम सदरमुकाम र पाँचथर सदमुकामबाट दमकल हिँडिसके पनि अहिलेसम्म पुगिसकेका छैनन् । 

यसअघि २०७१ कात्तिकमा पनि यही बजारमा भीषण आगलागी हुँदा कम्ति पनि ७ घर जलेका थिए । त्यसबेला स्थानीय विष्णु सुनुवारको घरबाट सल्किएको आगोले ७ घर जलेका थिए भने अरु घर जल्न नदिन ४ घर भत्काइएको थियो ।

तयो बेला प्रेम चेम्जोङ, कर्ण गुरुङ, राजेन्द्र गौतम, आचार्य स्टोर्स, नेत्र लामिछाने र सुकबहादुर तामाङका घर जलेका थिए । आगो नियन्त्रणमा लिन राम देब राइ, मुक्ति आचार्य, देउमान तामाङ र माङ्देल तामाङका घर भत्काइएको थियो । त्यो बेला पनि इलामबाट गएको दमकल, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.