लिक बन्यो, रेलै छैन

लिक बन्यो, रेलै छैन

काठमाडौं : आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीय यस विषयमा गहन छलफल भयो। प्रधानमन्त्री निकट स्रोतले भन्यो- भेटको मुख्य एजेन्डा नै रेल बन्यो।

नेपालले रेलमार्ग यसमा प्राविधिक तयारी गरेकै छैन। रेल किन्ने वा भाडामा लिने निचोड निस्किएकै छैन। सरकारको यो सुस्तताले समयमा रेल सञ्चानल हुने÷नहुने अन्योल बढेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए।

तीन डिब्बासहितको नयाँ रेल किन्दा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान छ। त्यसैले डिब्बा भाडामा लिने केही अधिकारीको राय छ। केही प्राविधिकलाई प्रशिक्षणसमेत दिने ‘प्याकेज’ मा भाडामा डेढ वर्षका लागि लिनुपर्ने अन्य अधिकारीको धारणा छ।

दुई देशीबीच रक्सौल-काठमाडौं रेलमार्गको अध्ययन गर्ने सहमति भएको छ। तर, साइडलाइन वार्तामा दुई प्रधानमन्त्रीबीच लिक बनिसकेको जयनगर-जनकपुरमा रेल सञ्चालनमा बढी कुरा भएको स्रोतले जनायो। दुवैले यसमा गम्भीर चासो देखाउँदै छिटो सञ्चालनका लागि आफ्ना मातहतलाई निर्देशन दिए।

प्रधानमन्त्री मोदीको भनाइ उद्धृत् गर्दै एक अधिकारीले भने, ‘रक्सौल-काठमाडौं रेलको काम अघि बढ्नेछ। तर जयनगरबाट जनकपुर हँुदै बर्दिबास आउने रेलको काम के भएको छ ? त्यो रेलमार्ग जहाँसम्म पुगेको छ, त्यहाँसम्म कुनै ‘मोडालिटी’ तय गरेर रेल सञ्चालन गर्न आवश्यक छ। यसमा ढिलाइ नगरौं।’

ओली-मोदी कुराकानीमा सहभागी ति अधिकारले भने, ‘भारतले नेपालमा अन्तरदेशीय ‘प्यासेन्जर’ रेल नयाँ ढंगले सुरु गरेको सन्देश दिन खोजेको छ।’ यो अवस्था आएकामा नेपाली अधिकारी स्वयं चिन्तित छन्। ‘रेल कसरी चलाउने भन्ने विषयमा दुई देशका प्रधानमन्त्रीस्तरमै छलफल हुनुपर्ने दुखद हो’, द्विपक्षीय बैठकमा सहभागी एक अधिकारीले भने, ‘हामी आफैं योजनाअनुसार काम गर्दैनौं। अनि छलफल भएका बेला अलमलमा पर्छौं। अहिले काम सकिन्छ, प्राविधिक चाहिन्छ भन्ने जानकारी सरकारलाई नभएको हो र ? तर किन तयारी भएन ? ’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीहरूबीच रेलमार्गका विषयमा छलफल भएको स्वीकार गरे। ‘उहाँहरूबीच नेपाल र भारतका समग्र सम्बन्ध विषयमा छलफल भएको थियो। त्यसमा रेल पनि परिहाल्यो’, उनले भने।

चिनियाँ रेलको चर्चा बढेकाले भारतलाई थप दबाब परेको हो। चीनले नेपालमा रेल ल्याउने सम्भावना अध्ययन गरी सम्भव भएको प्रतिवेदन दिइसकेको छ। ‘अब चीनसँग विस्तृत अध्ययन गर्ने र प्राविधिक कार्य अघि बढाउने सहमति हुने चरणमा छ,’ रेल विभागका एक अधिकारीले भने, ‘भारतसँग अध्ययनका विषयमा सम्झौता भएको छ। यस्तै विस्तृत अध्ययनका लागि चीनसँग पनि सम्झौता गरेर काम अघि बढेमात्र दुवै तर्फका रेल काठमाडौं आउनेछन्।’

यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारीले रक्सौल-काठमाडौं रेलवे सेवा अध्ययन सम्झौतापछि यो विषय अर्को चरणमा प्रवेश गरेको उल्लेख गरे। उनले जनकपुर-जयनगर रेल सञ्चालनको खाका पनि चाँडै अन्तिम चरणमा पुग्ने बताए।

उक्त रेल डिजेलबाट विद्युत् उत्पादन गरेर चल्ने प्रकारको हुने बैठकमा सहभागी अर्का अधिकारीले जानकारी दिए। रेल विभागका अनुसार भारतको जयनगरबाट जनकपुर जोड्ने रेलमार्गलाई आगामी पुसदेखि सञ्चालनमा ल्याउने तयारी छ। यो रेललाई जनकपुरबाट बर्दिबाससम्म ल्याउने काम भइरहेको छ। २०१० को सम्झौता अनुसार नै काम अघि बढिरहेको छ।

जयनगर-बर्दिबास ६९ किलोमिटर अन्तरदेशीय रेल सञ्चालनमा आए नेपाल र भारतबीच पहिलो ‘प्यासेन्जर रेल’ बन्नेछ। ६ वर्ष अघिसम्म त्यहाँ पुरानो रेल सञ्चालनमा थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.