कपिलवस्तुमा गर्भवती महिला बलात्कृत, अभियुक्त पक्राउ

कपिलवस्तुमा गर्भवती महिला बलात्कृत, अभियुक्त पक्राउ

तौलिहवा : कपिलवस्तुमा एक गर्भवती महिला बलात्कृत भएकी छिन् । जिल्लाको विजयनगर गाउँपालिका ७ की अन्दाजी ३८ वर्षीया महिला बलात्कृत भएकी हुनु । उनको आठ महिनाको गर्भ रहेको बताइएको छ । 

घरमा श्रीमान नभएको मौका छोपी गत भदौ १२ गते राति १० बजेतिर ती महिला माथि जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनाले महिलामाथि बलात्कार गरेका हुन् ।

महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पीडीत महिलाका श्रीमानले भदौ १३ गते किटानी जोहरी दिएपछि स्थानीय बकान्चु केवट, प्रल्हाद केवट, बर्षादी केवट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबि रावलले बताए । 

राम्ररी बोल्न नसक्ने र मानसिक रुपमा कमजोर रहेकी ८ महिने गर्भवती महिलालाई तीन जनाले बलत्कार गरकोे पीडीत महिलाका श्रीमानले प्रहरीलाई दिएको जाहेरीलाई उदृत गर्दै इ्लाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । बर्षादी भदौ १३ गते र भदौ १४ गते प्रहद पक्राउ परेको प्रहरीले जनाएको छ ।फरार रहेका घटनाका मुख्य आरोपी बकान्चु केवटलाई कृष्णनगरबाट आइतबार साँझ पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय गशेणपुरका प्रहरी निरीक्षक नवीन पौडेलले बताए ।

घटनाको अनुसन्धान र ओरोपीहरुसँग बयान लिने काम भइरहेको उनले बताए । पीडीत महिलालाई उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो । उपचार पछि उनलाई घर पठाइएको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पौडेलले बताए । पक्राउ परेका अभियुक्तहरुबिरुद्ध जबरजस्ती करणी अन्तर्रगत मुद्दा चलाइने उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.