सुपादेउराली क्षेत्रमा मदिरा निषेध

सुपादेउराली क्षेत्रमा मदिरा निषेध

सन्धिखर्क : अर्घाखाचीको धार्मिक क्षेत्र सुपा देउराली मन्दिरको आसापासलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । सोमबारदेखि नरपानी र सुपादेउराली क्षेत्रमा कसैले मदिरा बेचबिखन गरेमा तथा मदिरा खाएको भटिएमा कारबाही गरिने छ ।

सुपा देउराली मन्दिरमा पाठा, पाठी बलि दिने र त्यहि मासुसंग नरपानीमा मदिरा सेवन गर्दा झगडा बढेपछि निशेधित क्षेत्र घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालयले गोरुसिंगे सन्धिखर्क सडकको बुडीचौरदेखि घुम्टीसम्मको क्षेत्रमा मदिरा विक्री वितरण गर्न तथा मदिरापान गर्न निशेध गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । निषेधित क्षेत्र सोमबारदेखि लागू हनेछ ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा सुपादेउराली पुजाको प्रसाद खान पुगेका कपिलवस्तु र सन्धिखर्कका युवाहरू विच शनिबार भएको भिडन्तमा ५ जना गम्भीर र अन्य गरि १२ जना सामान्य घाईते भएका थिए । युवाबीचकोे ग्यांगफाइट मदिरा सेवनले भएको निष्कर्ष प्रशासनले निकालेको छ ।

गम्भीर घाइते चारै जनाको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार भैरहेको छ । घटनमा संलग्न भएका कपिलवस्तुका १३ जना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नरपाानी शनिबार दिनभर तनाब ग्रस्त बनेको थियोे ।

प्रमुख जिल्ला अधिकारी भुसालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यलयमा बसेको सर्बदलिय बैठकमा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, शितगंगा नगरपालिकाका उपप्रमुख टीका रेस्मी, प्रहरी निरिक्षक खिम बहादुर घम, नेकपाका नेताहरू पिताम्बर भुसाल , जनार्दन खनाल नेपाली काङ्ग्रेसका सभापति बिस्णुप्रसाद खनाल, केसब श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष गोपाल पौडेल, उद्योग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल, नरपानीका वडा अध्यक्ष कृष्ण प्रसाद आचार्य, सुपा देउराली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पृतम थापा लगायतका सरोकारवालाहरूको सर्बपक्षिय बैठकले मदिरा निशेधित क्षेत्र घोषणा गरेको हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.