सार्कको महत्व आफ्नै : सिरिसेना

सार्कको महत्व आफ्नै : सिरिसेना

  काठमाडौं : श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सार्कलाई गतिशील बनाउन श्रीलंकाले आफ्नातर्फबाट पहल गर्ने वचन दिएका छन्।  बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन आएका उनी स्वदेश फर्कनुअघि आइतबार सार्क सचिवालयमा महासचिव अमजद हुसेन बी सियाल र सदस्य मुलुकका निर्देशकसँगको अन्तक्र्रियामा यस्तो अभिव्यक्ति दिएका हुन्। 

सार्क सदस्य राष्ट्रबीच अपनत्व र भातृत्वको भावना प्रवद्र्धन गर्दै यसका लक्ष्य र उद्देश्य हासिल गर्न लाग्नुपर्नेमा सिरिसिनाले जोड दिँदै भने, ‘दक्षिण एसियामा सार्कको आफ्नै महत्व र इतिहास छ।  सार्क क्षेत्रको सहकार्य आफ्नै प्रकारको छ।  यस्ता संगठनमार्फत् सहकार्य गर्दै अघि बढन् सकिन्छ। ’

सार्क सचिवालयको अवलोकनका आएका उनले सार्क सचिवालय परिसरमा बोधिचित्तको बिरुवा पनि रोपे। 

बोधिचित्तको बिरुवा रोपेपछि उनले शान्ति र समृद्धिका लागि सबै सदस्य एक भएर भएका प्रतिवद्धता कार्यावन्यनमा लाग्नुपर्नेमा पनि उनले जोड दिए।  बिम्स्टेक शिखर सम्मेलनमा सार्कको नाम नलिएका उनले स्वदेश फर्कनु अघि सार्क बारे श्रीलंकाली धारणा सार्वजनिक गरेका हुन्।  सार्क सचिवालयको आगन्तुक पुस्तिकामा पनि हस्ताक्षर गर्दै उनले दक्षिण एसियाका जनताको सुख समृद्धि र प्रवद्र्धनमा जोड दिन श्रीलंका सधंै साथमा रहने उल्लेख गरे। 

सार्क महासचिव सियालले सार्कको १९औं शिखर सम्मेलन चाँडोभन्दा चाँडो आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए।  पाकिस्तानमा हुने भनिएको सार्क शिखर सम्मेलन अन्तिम समयमा स्थगन भएपछि श्रीलंकाले स्थगनका लागि भारतले गरेको तर्कमा साथ दिएको थियो।  त्यतिबेला श्रीलंकाले आफूले शिखर सम्मेलन आयोजना गर्ने धारणा समेत सार्वजनिक गरेको थियो। 

सचिवालये अन्य सदस्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखलाई पनि सार्कको सचिवालय भ्रमण गराउने र शिखर सम्मेलनका लागि मनोवैज्ञानिक दबाब सृजना गर्ने प्रयास गरेको थियो।  तर सार्क सदस्य राष्ट्रका प्रतिनिधि अन्यले समय अभाव देखाउँदै सचिवालय भ्रमणमा गएका थिएनन्। 

श्रीलंकाले सार्कलाई अघि बढाउन सहयोग गरिरहेको उदाहरण पनि सचिवालयले प्रस्तुत गरको छ।  श्रीलंकामा सार्क सांस्कृतिक केन्द्र स्थापनाका निम्ति १७ एकड जमिन र एक करोड अमेरिकी डलर उपलब्ध गराएको जानकारी सार्क महासचिवले दिए। 

सिरिसेना आफ्नो जन्मदिन मनाउन स्वेदश फर्कनु अघि सचिवालय पुगेका हुन्।  उनी बिम्स्टेक सम्मेलन सकिएको तेस्रो दिन स्वदेश फर्केका हुन्। 

सम्मेलनमा सहभागी बंगलादेश, भारत, म्यानमार र थाइल्याण्डका राष्ट्र एवं सरकार प्रमुख शुक्रबार साँझ नै स्वदेद फर्केका थिए।  भूटानी प्रतिनिधिमण्डल शनिबार बिहान फर्केको हो भने सिरिसेना नेपालको दुईपक्षीय भ्रमणमा समेत रहेका कारण थप दुई दिन नेपाल बसे। 

सिरिसेनाले बिस्टेकपछि नेपाली समकक्षी विद्यादेवी भण्डारीस“ग दुईपक्षीय वार्ता गरेका थिए।  उनले प्रधानमन्त्री केपी ओलीस“ग पनि छुट्टै भेटवार्ता गरेका थिए।  नेपाल श्रीलंका सहकार्य, कनेक्टिभिटी, सार्क र बिम्स्टेकमा सहकार्यलगायतका विषयमा छलफल भएको बताइएको छ।  उनीहरूबीच वैदेशिक लगानी प्रभावको विषयमा समेत छलफल भएको परराष्ट्र अधिकारीले जानकारी दिए।  दुईपक्षीय औपचारिक भ्रमण भएकाले सिरिसेनाको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रि भोजको आयोजना गरेकी थिइन्।  उनी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणा तथा बिम्स्टेकमा भाग लिन काठमाडौं आएका हुन्।  शनिबार र आइतबार दुई दिनलाई सिरिसेनाको दुईपक्षीय भ्रमण मानिएको छ।  उनी शनिबार लुम्बिनी पुगे भने आइतबार स्वयंम्भु। 

सिरिसेनालाई विमानस्थलमा उपप्रधानमन्त्री उपेन्द्र यादवले बिदाइ गरे।  म्यानमारको राष्ट्रपति पनि दुई शिखर सम्मेलन हुनु दुई दिन अघि नेपाल आएका थिए।  उनको पनि त्यो दुईपक्षीय औपचारिक भ्रमण थियो। 

‘बिमस्टेक सम्मेलन पूर्ण सफल’

सरकारले काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक सम्मेलन पूर्णरूपमा सफल भएको निष्कर्ष निकालेको छ।  आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बिम्स्टेक सम्मेलन सफल भएको ठहर गर्दै सम्मेलनले पारित गरेका १८ बुँदे काठमाडौं घोषणा पत्रलाई सशक्त कार्यान्वयनमा लैजाने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए।  बैठकले बिम्स्टेक सम्मेलन सफल पार्न भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद दिने निर्णय समेत गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.