शान्तिसुरक्षा दिन सरकार असफल : देउवा

शान्तिसुरक्षा दिन सरकार असफल : देउवा

भरतपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सुशासन र शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दावी गरेका छन्। नेपाल प्रेस युनियन चितवनले सोमबार बिहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले देशभर जगन्य अपराध भइरहँदा सरकारले अनुसन्धान गर्न नसकेको बताए।

अस्वभाविक रुपमा कर वृद्धि तथा बलात्कारका घटनामा अपराधी समाउन नसक्नुले सरकार असफल भएको पुष्टि भएको देउवाको भनाई छ।

कंचनपुरमा १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धान फितलो बनाइ दोषी उम्काउने खेल भएको देउवाले आरोप लगाए। 'जघन्य अपराधा दोषीमाथिको कारबाहीमा सरकार चुकेको छ। अपराधी उम्कउने कुरा भएको छ।’

सभापति देउवाले बिम्स्टेक सम्मेलन सफल भएको बताउँदै यसले देशहरूबीचको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्ति गरे। सम्मेलनले सार्कको महत्व नघटाएको उनको भनाई छ।

प्रेसको पूर्ण स्वतन्त्रतामा जोड दिँदै देउवाले मुलुकी संहिता संशोधन गर्नुपर्ने बताए। मुलुकी संहिताका धेरै विषयमा विरोध भइरहेकोले समयसापेक्ष संशोधन गर्नुपर्ने उनले बताए।

बिम्स्टेक शिखर सम्मेलनमा उठेको संयुक्त सैन्य अभ्यासका बारेमा नेपालमा सबैको सहमति नभएकोले छलफलपछि मात्रै टुंगो लगाउन उनको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.