नौ जुवाडे पक्राउ

नौ जुवाडे पक्राउ

पर्वत : पर्वतको सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारी नौजनालाई पक्राउ गरको छ।  जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका- ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट आइतबार साँझ छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। 

प्रहरीले मोदी गाउँपालिका- ४ का विकास पुन, मेखबहादुर पुन, हरि पुन, बलबहादुर पुन, अम्बे पुन, कुस्मा नगरपालिका- ७ का महेन्द्र पुन, कुस्मा नगरपालिका- ४ का ४५ वर्षीय ओम पुन, जलजला गाउँपालिका- का ४१ वर्षीय मीनबहादुर चोचाङ्गी र जलजला-६ कै मीनबहादुर पुनलाई पक्राउ गरेको जानकारी दिएको छ। 

पक्राउ परेकाको साथबाट तथा जुवाखालबाट २७ हजार ६८० समेत बरामद गरिएको छ। पक्राउ परेकालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत उपदफा-१ बमोजिमको कार्य गरेको भनी मुद्दा दर्ता गरिएको छ। पक्राउ परेकालाई जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.