पहिरोले बेसीसहर-चामे सडक अवरुद्ध

पहिरोले बेसीसहर-चामे सडक अवरुद्ध

बेसीसहर : लमजुङको बेसीसहर नगरपालिका-६ बेलौतीविसौना नजिकै उतिसघारी खरखरेमा पहिरो जाँदा बेसीसहर-चामे सडक अवरुद्ध भएको छ। आइतबार रातिलेखि गएको पहिरोले हिमाली जिल्ला मनाङ जाने एकमात्र सडक अबरुद्ध बनेको हो।

ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको छ। पदैलयात्रु जोखिम मोलेर यात्रा गरेका छन् । प्रहरी नायव उपरीक्षक यादव ढकालकाअनुसार गतवर्षका पहिरोपछि राखिएका ग्याबिन बगेर सडक भासिएको छ। करिब १ सय मिटर माथिबाट उत्तिसका बोट र चट्टान झरेर सडक अबरुद्ध बनेको छ।

आइतबार मध्यान्ह १२ बजेदेखि भएको वर्षा सोमबार बिहान २ बजेमात्र रोकिएको थियो। पहिरोका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका नागरिक समस्यामा परेका छन्। सदरमुकाम बेसीसहरबाट तीन किलोमिटरको दुरीमा रहेको उतिसघारी खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीय बताउँछन्।

पहिरो पन्छाउने दीर्घकालीन उपाय नअपनाउँदा सधैं सास्ती खेप्नुपरेको लमजुङ उद्योग बाणिज्य संघ खुदी इकाईका सचिव सुर्यप्रकाश कतिलाले बताए। मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रणका दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय तथा सम्बन्धित सरकारी निकायलाई बारम्बार घच्चाएपनि सुनुवाई नभएको बताए।

पहिरो खुलाउन सडक ढिभिजन कार्यालय दमौलीलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए। पहिरो पन्छाउन प्रहरीसमेत परिचालन गरिएको छ। ठूला ठूला चट्टान र रुख खसेको, सडक भासिएकाले यातायात सूचारु गर्न समय लाग्ने सहायक प्रजिअ सुनारले बताए ।

बेसीसहर चामे सडकमो च्याम्चे र घट्टेखोला पनि ठूलो पहिरो झरेको छ। सो पहिरो खुलाउन एकसाता लाग्ने सहायकस प्रजिअ सुनारले बताए। सो ठाउँमा डिभिजन सडक कार्यालय दमौलीका इन्जिनियरसहितका टोली परिचालन भएका छन्। पहिरो पन्छाउँदा नजिकको गाउँनै जोखिममा पर्ने देखिएको प्राविधिकहरुले बताएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.