नवलपरासीका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

नवलपरासीका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

परासी : पश्चिम नवलपरासीका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सुस्ता गाउँपालिका–१ बलुवाका ३५ वर्षिय रामचन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको छ। घरमा बत्ती बाल्नका लागि विद्युत पोलमा हुक लगाउँदै गरेको अवस्थामा तार खस्न पुग्दा उनको करेन्ट लागेर मृत्यु भएको हो। 

त्यसैगरी रामग्राम नगरपालिका ४ उजैनीमा एक पिकअप भ्यानले ठक्कर दिँदा स्थानीय २५ वर्षिय सञ्जय पासीको मृत्यु भएको छ। लु १ च ५४२१ नम्बरको भ्यानले ठक्कर दिँदा घाइते भएका पासीको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो।

त्यस्तै खोलामा डुबेर प्रतापपुर गाउँपालिका– ८ पिपरपातीका ४० वर्षिय चन्द्रीका राजभरको मृत्यु भएको छ। आइतबार भैंसी चराउन गएका राजभर स्थानीय धोबाहा खोला तर्ने क्रममा डुबेका थिए।

डुबेर बेपत्ता भएका राजभर सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.