इलामको राँके बजारमा आगलागी, दुई करोडभन्दा बढी क्षति

इलामको राँके बजारमा आगलागी, दुई करोडभन्दा बढी क्षति

इलाम : इलामको राँके बजारमा आइतबार राति भएको आगलागीमा करिब २ करोड बराबरको क्षति भएको छ।आइतबार राति राँके बजारको ठालुमान श्रेष्ठको घरमा साँझ लागेको आगोले श्रीबहादुर विष्टको करिब ५० लाख बढीको जुत्ता चप्पल र कपडा जलेर नष्ट भयो। बिहान भग्नावशेष पसल लेखाउँदै भने, 'पन्ध्र वर्षको कमाई हेर्दाहेर्दै स्वाहा भयो।'

विष्टको पसलसँगै जोडिएको अर्का व्यापारी तीलबहादुर बस्नेतको सटरमा रहेको किराना पसलमा नगद, सुनचाँदीसहित ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ। तीलबहादुरले पाँच वर्षदेखि राँके बजारमा किराना पसल संचालन गर्दै आएका थिए।उनको किरानामा रहेको  ४५ लाख बराबरको सामान, २ लाख ८० हजार नगद, २ लाख ५० हजार सुन, २४ हजारको चाँदी जलेको प्रहरीले जनाएको छ। 

आगलागीबाट घर मालिक ठालुमान श्रेष्ठको करिब एक करोडको क्षती भएको छ। ठालुमानका भाई नरबहादुर श्रेष्ठकोसँगै जोडिएको घरमा पनि १० लाख बराबरको क्षति भएको पीडितले बताएका छन् । 

आगलागिबाट २ करोड १० लाख ५४ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। आइतबार साँझ आठ बजेसम्म सुनसान राँकेबजारमा करिब साँढे आठ बजेतिर धुँवाको मुस्लो देखिएको स्थानीय नरेश श्रेष्ठले बताए। उनले भने, 'अघि देखिनै आगो लागेको थियो होला , थाहा पाउँदा आगो नियन्त्रण बाहिर गइसकेको थियो।'
 
आगो स्थानीयबासी, पाँचथरबाट आएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत   आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो।राँके बजारमा चार वर्ष अघि पनि यस्तै विपती आएको थियो। त्यतिबेला आगलागीमा ६ करोड बराबरको क्षति भएको थियो। चार वर्षअघि आगोले खाएका घरहरुको पुन:निर्माण सकिन नपाउँदै अर्को विपती आइलागेको स्थानीय युवा नरेश श्रेष्ठले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.