हायातमा किन भेला भए २४ देशका उच्च सैनिक अधिकृत ?

हायातमा किन भेला भए २४ देशका उच्च सैनिक अधिकृत ?

काठमाडौँ : बिमस्टेक सम्मेलन सकिए लगत्तै काठमाडौँमा नेपालसहित विभिन्न २४ देशका सेनाका उच्च अधिकृतहरुको सम्मेलन सुरु भएको छ । नेपालसहित २४ देशका उच्च सैनिक अधिकृतहरुको भेला काठमाडौँको हायात होटलमा सोमबारबाट सुरु भएको हो । 

नेपाली सेना र युएस इन्डो प्यासिफिक कमान्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्सको संयुक्त आयोजनामा सुरु भएको एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स सम्मेलनको उद्घाटन कामु प्रधानसेनापति पूर्ण चन्द्र थापाले गरेका छन् । 

नेपालमा पहिलो पटक भइरहेको यो सम्मेलनमा २३ वटा छिमेकी देशका ८३ जना उच्च तहका सैनिक अधिकृत र नेपाली सेनाबाट २० जनासहित एक सय तीनजना सहभागी रहेका छन् । 

तीन दिन अर्थात् भदौ २० गतेसम्म हुने यस सम्मेलनमा सहभागी हुन भएका विदेशी सैनिक अधिकृतहरुलाई यहाँ चर्चित पर्यटकीय स्थल पनि घुमाउने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

यस बहुराष्ट्रिय संयुक्त सम्मेलनले वर्तमान र भविष्यमा आइपर्न सक्ने रणनैतिक सुरक्षा चुनौतीको सामना र समाधानबारे छलफल गर्ने भएको छ । 

त्यसैगरी यो सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा भेटघाट, छलफल र समन्वयमार्फत् पेशागत विशेषज्ञता आदान-प्रदान भएर  सैनिक क्षमता थप बढ्ने विश्वास गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.