बालिका बलात्कारमा दोषी ६२ वर्षीय वृद्धलाई सात वर्ष जेल

बालिका बलात्कारमा दोषी ६२ वर्षीय वृद्धलाई सात वर्ष जेल

गाईघाट, उदयपुर : जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र-८ घर भई उदयपुरको बेलुका नगरपालिका-३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायको फैसला सुनाएको छ । 

अदालतले स्थानीय १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई सात वर्ष जेल सजायको फैसला गरेको हो । 

न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्ष जेल सजाय  र ३० हजार जरिवाना गर्ने फैसला गरेको स्रेस्तेदार रीतबहादुर मगरले बताए । 

२०७४ फागुन २५ गते बेलुका नगरपालिका–३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको बेला चौधरीले जबर्जस्ती पक्रेर घारीमा लगी बलात्कार गरेको अभियोगमा प्रहरीले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.