तीन वर्षदेखि घरमै बन्धक बनाएर बलात्कार

तीन वर्षदेखि घरमै बन्धक बनाएर बलात्कार

 कोहलपुर : कोहलपुरकी १३ वर्षीया बालिका तीन वर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ। परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा पीडितका दाजुले गरेका छन्।

बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन्। ‘मैले आन्टी (काकी)लाई पटक-पटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो। हजुरबुवाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केही बोलिनँ’, बहिनीको भनाइ उद्धत गर्दै उनले भने।

उनी पहिलो पटक १० वर्षकी हुँदा बलात्कृत भएकी थिइन्। नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यहरूले नै संरक्षण गर्दै आएको खुलासा भएको हो। परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफूलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनाइ छ। आफू १० वर्षको हुँदा २०७२ सालमा हजुरबुवाले पहिलो पटक बलात्कार गरेको र त्यसयता लगातार हजुरबुवाले घरमै बन्धक बनाइ बलात्कार गर्दै आएको उनले बताएकी छन्।

बन्धक बनाएर बलात्कार गरेपछि पीडित मानसिक समस्याग्रस्त भएकी छन्। परिवारले मानसिक समस्याग्रस्त पीडितको भारतमा उपचार गराएको थियो। उनका दाजुले पछि पनि उस्तै समस्या देखिएपछि दाङको अस्पतालमा उपचार गराएका थिए। उपचारलगत्तै पीडित फेरि बर्बराउने, मान्छेलाई झम्टने, न्याय देऊ नत्र आत्महत्या गर्छु भन्ने जस्ता असामान्य व्यवहार देखाउन थालेकी थिइन्।

नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यहरूले नै संरक्षण गर्दै आएको खुलासा भएको हो।

यस्तो व्यवहार हिंसा वा बलात्कारको सिकार भएका व्यक्तिले देखाउने भन्दै स्वाथ्यकर्मीले उनको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणमा उनीमाथि बलात्कार भएको पुष्टि भएको उनका दाजुले बताएका छन्। थप उपचारका लागि भैरहवामा गरिएको स्वास्थ्य परीक्षणमा पनि उनी बलात्कृत भएको पुष्टि भएको थियो।

त्यसपछि राजधानीस्थित मानसिक अस्पताल र थापाथलीस्थित प्रसूति अस्पतालमा उपचारका क्रममा पीडितले वास्तविकता बताएकी थिइन्। त्यसलगत्तै मामाघर दाङ फर्किएर हजुरबुवाविरुद्व प्रहरीमा उजुरी गर्ने निर्णय गरेको पीडितका दाजुले बताए। पीडितले इलाका प्रहरी कार्यालयमा गत शुक्रबार उजुरी दर्ता गरेकी थिइन्। प्रहरीले शुक्रबार नै आरोपी हजुरबुवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरीले आइतबार बलात्कार आरोपी हजुरबुवाविरुद्व मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.