सरकारका कामप्रति पौडेलको टिप्पणी : 'दूधको साक्षी बिरालो'

सरकारका कामप्रति पौडेलको टिप्पणी : 'दूधको साक्षी बिरालो'

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासनको कुरा गर्ने ओली सरकारका पालामा गैरकानूनी ढंगबाट काम भएको आरोप लगाएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा रिपोर्टस क्लबले गरेको अन्र्तक्रियामा उनले नेपाल वायुसेवाको नयाँ जहाज खरिदमा भ्रष्टाचार भएको दाबी गरे। 'ओलीजीले भ्रष्टाचार हटाउँछु भन्दा हामीले पनि साथ दिने सोचेका थियौं,' उनले भने, 'तर सरकारका काममा अर्बौंको घोटाला भएको छ।'

उनले घोटालाको विरोध भएपछि गठित छानविन समितिमा उल्टै संदिग्ध व्यक्तिहरु रहेको भन्दै कटाक्ष गरे। 'दूधको साक्षी बिरालो राखिएको छ,' उनले भने, 'यसरी त छानबिन नै हुँदैन।'

गाउँमा छैन विकास

नेता पौडेलले प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दै हिँडे पनि गाउँमा विकास पनि नपुगेको बताए। 'देशका ठाउँ-ठाउँमा विकास पुग्नुपर्ने हो, 'उनले भने, 'शिक्षा, कृषिमा सुधार हुन सकेको छैन।'

देशमा सबै खालका परिवर्तनपछि कांग्रेसको नेतृत्वमा सरकार भएको भए समृद्धिको बाटो पक्डने उनले दाबी गरे। देशमा संघीयता भनिए पनि केन्द्रीय सरकारले अधिकार हस्तान्तरण नगर्दा विकास बढ्न नसकेको जिकिर गरे। 

देउवासँग दूरी नै छ
नेता पौडेल र पार्टी सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय दूरी घटेको भन्दै कार्यकर्तास्तरमै कुरा चल्ने गरेको छ। तर पौडेलले सबै कुरामा लडेर नहुने भन्दै पार्टीलाई एक नम्बर बनाउने कुरामा सहमति भएको बताए। तर आधारभूत विषयमा आफू र देउवाबीच अहिले पनि अन्तर रहेको उनले दाबी गरे। 'देउवाजी र मेरो दूरी हटेको छैन, 'उनले भने, 'तर हरेक कुरामा विरोध गरेर पनि भएन नि !'

आगामी महाधिवेशनमा पार्टी सभापतिमा उठ्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, 'अहिल्यै यसबारे बोल्ने बेला भएको छैन। म उठ्छु पनि भन्दिन उठ्दिन पनि भन्दिन।' उनले कोईराला परिवारसँग आफ्नो सम्बन्ध अझै पनि राम्रो रहेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.