कोठामा पुर्‍याइदिन्छु भन्दै साहुले गरे किशोरी बलात्कार

कोठामा पुर्‍याइदिन्छु भन्दै साहुले गरे किशोरी बलात्कार

 बनेपा : काभ्रेको तेमाल गाउँपालिका-१ स्थित गत असार २० गते ९ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउदै पुनः बनेपामा आइतबार १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। आफूले काम गर्दै आएको होटल साहुले नै कोठामा पुर्‍याइदिने भन्दै किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

किशाेरी आइतबार दिउँसो बनेपास्थित होटलमा काम सकेर साँझ दिदीको कोठामा फर्कने क्रममा बलात्कृत भएकी हुन्। खोटाङ घर भई हाल बनेपामा बस्दै आएकी १७ वर्षीया (ममता) नाम परिवर्तनलाई धुलिखेल ११ का रामशरण हुमगाईले कोठामा लगेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहाले जानकारी दिए।

उनका अनुसार एक हप्ता अघिदेखि होटलमा काम सुरु गरेकी उनलाई साँझ ७ बजे कोठामा पुर्‍यादिने भनेर आफ्नो कोठामा लगि बलात्कार गरेको किशोरीले दिएको जाहेरीमा उल्लेख छ।

आरोपित हुमगाईलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक गिरिले जानकारी दिए।

जिल्लामा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा जबरजस्ती करणीका घटना १७ र जबरजस्तीको प्रयासमा १० वटा घटना भएका थिए। भने आव ०७३/०७४ मा जबरजस्ती करणी १७ र प्रयासका १२ घटना भएका थिए। भने आव २०७४/०७५ मा सो संख्या बढेर जबरजस्ती करणीका २७ र प्रयासका १५ घटना भएका थिए।

जबरजस्ती करणीजन्य अपराधका घटना बढ्नुको मुख्य कारण अधिक मात्रामा मदिरा तथा लागूपदार्थ सेवन, सूचना प्रविधिको दलत प्रयोग, लोभलालच, गरिबी, करकाप, अशिक्षा, सामाजिक सुरक्षाको अभाव हुने गरेका जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काकाे भनाइ छ ।

एसपी खड्काले भने, 'नियन्त्रणका लागि हामीले जनचेतना, सञ्चार माध्ययमबाट सूचना प्रकाशनरप्रशारण र विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दे आएका छौ।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.