पाँचवटा रेडपान्डासहित राजधानीबाट दुईजना समातिए

पाँचवटा रेडपान्डासहित राजधानीबाट दुईजना समातिए

काठमाडौँः अति दुर्लभ वन्यजन्तु पाँचवटा रेड पाण्डासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सोलखुम्बुका सुक्र राई र पवन श्रेष्ठलाई टुकुचाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

राजधानीको चाबहिलबाट टुकुचातर्फ लाँदै गरेको अवस्थामा सोलुखुम्बु निवासी दुईजनाबाट प्रहरीले पाँचवटा रेडपान्डा बरामद गरेको हो । 

उनीहरुले अवैधरुपमा विक्रीका लागि पाण्डा बोकेर हिंडेको अवस्थामा प्रहरीले सोमबार साँझ ती रेडपान्डा फेला पारेको हो। महानगरीय प्रहरी दरबारमार्ग प्रहरीले उनीहरुलाई पक्राउ गरेर कार्यालय पुर्‍याउँदा पाँचवटै रेडपाण्डको मृत्यु भइसकेको जानकारी वृत्त प्रमुख डिएसपी दानबहादुर मल्लले दिए। उनीहरुलाई थप कारबाहीको लागि प्रहरीले जिल्ला वन कार्यालय हात्तिसार चलान गरेको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लका अनुसार गम्भीर अवस्थामा जीवितै समातिएका ती रेडपान्डा मरिसकेका छन् । 
 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.