अन्नपूर्ण मिडिया नेटवर्कको तीज रौनक (फोटो फिचर)

अन्नपूर्ण मिडिया नेटवर्कको तीज रौनक (फोटो फिचर)

काठमाडौं : अन्न‍पूर्ण मिडिया नेटवर्कमा आवद्ध कर्मचारीले बुधबार तीज पर्व मनाएका छन्। तीनकुनेस्थित सिद्धार्थ कटेजमा अन्नपूर्ण मिडियाअन्तर्गत अन्नपूर्ण पोस्ट्, एपीवान टिलिभजन र रेडियो अन्नपूर्ण नेपालमा आवद्ध कर्मचारीले दर खाएर तीज मनाएका हुन्।

तीव पर्वका अवसरमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, निर्देशक सचन थापा, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापा, सम्पादक अखण्ड भण्डारी, अन्नपूर्ण नेटवर्कका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेल, अन्नपूर्ण पोस्ट् डटकमका सम्पादक विकास थापा, अन्नपूर्ण सम्पूर्ण साप्ताहिकका सम्पादक राजन नेपाल, एपीवान टेलिभिजनका समाचार प्रमुख टिकाराम यात्री र मानव संशाधन विभागका प्रमुख सुदमकुमार सिजापतीले शुभकामना दिए।

तीज विशेष कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो। चुरा,टीका,सारी, पानीपुरी,म्युजिक चियर र नृत्यले कार्यक्रमलाई थप आकर्षक बनायो।मनोरन्जनात्मक कार्यक्रममा उपहारको पनि व्यवस्था गरिएको थियो।

चुरा लगाउने प्रतिर्स्धामा मनिषा बुढाथोकी, रचना श्रेष्ठ प्रथम भए।  त्यस्तै रोस्नी कथेत र मीना सिंहले लगाएको पहिरन बेस्ट ड्रेस भए। लक्ष्मी पौडेल र बिन्नी कर्माचार्य सारी लगाउने प्रतिर्स्धामा प्रथम भए। पानीपुरी खाने र नृत्य प्रतिर्स्धामा रुपा खड्का र म्युजिकल चियरमा समा थापा प्रथम भए। त्यस्तै टीका लगाउने प्रतिर्स्धामा माधुरी सापकोटा प्रथम भइन्। तीज विशेष कार्यक्रममा ५० बढी कर्मचारी सहभागी थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.