सरकारलाई पत्रकार महासंघ प्रदेश १ समितिको ज्ञापन पत्र

सरकारलाई पत्रकार महासंघ प्रदेश १ समितिको ज्ञापन पत्र

विराटनगर : नेपाल पत्रकार महासंघ प्रदेश एक समितिले पुर्ण प्रेस स्वतन्त्राको ग्यारेन्टी माग गर्दै सरकारलाई ज्ञापन पठाएको छ । महासंघको प्रदेश समितिले बुधबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

भदौ १ मा जारी भएको मुलुकी फौजदारी र देवानी संहिताका कतिपय प्रावधान प्रेस स्वतन्त्रता विरोधी बुँदाहरु सच्याउन माग गर्दै महासंघको प्रदेश १ समितिले माग गरेको छ । 

महासंघका प्रदेश १ अध्यक्ष विक्रम लुइँटेलले मन्त्री कार्कीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रेस स्वतन्त्रतामा तलमाथि हुन नहुने माग गरे । 

ज्ञापनपत्र बुझ्दै प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले यसलाई केन्द्र सरकारमा पठाइने बताए । उनले भदौ १ मा जारी मुलुकी फौज्दारी र देवानी संहिता विभिन्न क्षेत्रमा देखिएका छाडापनलाई नियन्त्रण गर्ने दाबी पनि गरे । 

कार्कीलले पत्रकारिता पेशालाई पुर्ण स्वतन्त्र राख्न आवश्यक कानुनको स्पष्ट ब्याख्याका निम्ति पहल गर्ने आवश्वासन पनि दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.