पुराना डुंगाले जोखिम बढ्दै

पुराना डुंगाले जोखिम बढ्दै

गौर : रौतहटको लालबकैया र वाग्मती नदीमा वर्षौं अघिदेखि जोखिमपूर्ण रूपमा पुराना काठमा डुंगाहरू सञ्चालन हुँदै आएका छन् । न्यूनतम सुरक्षा मापदण्डसमेत नअपनाई त्यस्ता डुंगाहरू सञ्चालन गरिँदा बेलाबेलामा पल्टिएर मानिसको ज्यानसमेत जाने गरेको छ ।

वाग्मती नदीको रमौली, समनपुर, टोकार, धमरपुर, हरैया, बडहर्वा, गढौ, पिपरा, लक्ष्मीपुर, वसतपुर, कडवानालगायत घाटमा वर्षौं अघिदेखि काठका डुंगाहरू सञ्चालनमा छन् । यस्तै लालबकैया नदीको बन्जारहा, टिकुलिया, बालुवाघाटमा पनि डुंगाहरू सञ्चालनमा छन् । तत्कालीन जिल्ला विकास समितिले ती घाटहरूमा डुंगा सञ्चालनका लागि ठेक्का लगाउँदै आएको थियो भने अहिले ती घाटमा स्थानीय तहले डुंगा चलाउने अनुमति दिने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले कुनघाटमा कस्तो अवस्थाका डुंगा सञ्चालनमा छन् भन्नेबारे पछिल्लो समय तथ्याक संकलन गरिरहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने, ‘कस्ता चालक छन्, डुंगाको अवस्था के छ र कसरी सञ्चालन भइरहेका छन् हामी अनुगमन गर्दै छौं ।’

अधिकांश घाटमा सञ्चालन भएका डुंगामा तालिम नलिएका कलिलै उमेरका किशोरहरू चालक रहेका पाइन्छन् । जिल्लामा डुंगा चालकहरूलाई अहिलेसम्म कुनै निकायले डुंगा चलाउने सीपबारे तालिम दिएको पाइएको छैन । सामान्य सुरक्षाबारे समेत उनीहरूलाई जानकारी गराइएको छैन । डुंगा चालकहरूले चलाउँदा चलाउँदै सिकेको बताउने गरेका छन् । ‘दुर्घटना भए के गर्ने भन्ने थाहा छैन ।’ वाग्मती नदीको एउटा घाटमा डुंगा चलाउँदै आएका चालकले भने, ‘दुर्घटना भए पौडिएर बाहिर निस्कने हो, अरू केही उपाय छैन ।’

ठूलो बाढी आएको समयमा पनि नदीहरूमा पुरानै काठका डुंगाहरू चलाइने गरिएको पाइएको छ । गत शनिबार टिकुलियामा भएको डुंगा दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो । दुर्घटनाको प्रमुख कारण पुराना डुंगा रहेका बताइएको थियो । गत वर्षहरूमा वाग्मती नदीको पिपरा, बलुवा, लक्ष्मीपुर, धरमपुर घाट र लालबकैया नदीको टिकुलियाघाटमा डुंगा दुर्घटना हुँदा कैयौंको ज्यान गइसकेको छ । काठको डुंगा दुई वर्ष प्रयोग गरिएपछि पुनः सञ्चालनमा ल्याउँदा दुर्घटनाको जोखिमा बढ्ने स्थानीय पुरान डुंगा सञ्चालक वृद्धहरू बताउने गर्छन् । रौतहटमा १० वर्षभन्दा बढी समय सम्म सञ्चालनमा रहेका डुंगाहरू भेटिने गरेका छन् ।

पुल निर्माण कार्यले गति नलिँदा रौतहट तथा सर्लाहीका नागरिक जोखिमपूर्ण डुंगा यात्रा गर्न बाध्य छन्।

गत आर्थिक वर्षमा जिल्ला वन कार्यालय रौतहटले ५ वटा डुंगा बनाउन काठ उपलब्ध गराएको थियो । रौतहटका जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले भने, ‘स्थानीय तह र जिल्ला प्रशासनको सिफारिसमा नयाँ डुंगा बनाउन काठ उपलब्ध गराउँदै आएका छौं ।’

वाग्मती नदीको समनपुर, बडहर्वा, धरमपुर र लालबकैया नदीको टिकुलियाघाटमा पक्की पुल निर्माण गर्न लागिएको भए पनि निर्माण कार्यले गति नलिँदा रौतहट तथा सर्लाहीका नागरिक जोखिमपूर्ण तवरले डुंगा यात्रा गर्न बाध्य छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.