तीन सहकारीकर्मी थुनामा

तीन सहकारीकर्मी थुनामा

 विराटनगर : बचतकर्ताको करोडौं रुपैयाँ ठगी गर्ने विराटनगरका तीन सहकारीकर्मीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न बुधबार आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दिपक खनालको इजलासले प्राइम सहकारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक तथा सचिव विराटनगर महानगरपालिका १ का ३४ वर्षीय ईश्वर श्रेष्ठ, सहकारीका प्रमुख विराटनगर ७ का ६८ वर्षीय ईन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० वर्षीय विष्णुप्रसाद सुवेदीलाई तत्काल प्राप्त प्रमाणको आधारमा पुर्पक्षको लागि थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको अदालतका स्रेस्तेदार नवराज दुलालले बताए । दुलालका अनुसार उनीहरूलाई मुलुकी ऐनको अदालती बन्दवस्तीको ११८ को २ बमोजिम थुनामा राख्न आदेश भएको हो ।

‘तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष छन् भनेर भन्न सक्ने अवस्था नभएकाले प्रतिवादीलाई थुनामा राखेर मुद्धाको कारवाही अघि बढाउनु,’ अदालतको आदेशमा भनिएको छ । ईश्वर र विष्णुप्रसाद पोखरा र ईन्द्रलाल विराटनगरबाट पक्राउ परेका हुन् ।

थुनछेक बहसमा वादीकातर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय विराटनगरका सहायक जिल्ला न्यायधिवक्ता पदमप्रसाद वस्तीले गरेका थिए । प्रतिवादी ईश्वरका तर्फबाट वरिष्ठ अधिवक्ता विश्वनाथ भट्टराई, अधिवक्ता चूडामणी कोइराला, ज्ञानेन्द्र थापा र बुद्धिकुमार श्रेष्ठले बहस गरेका छन् । त्यस्तै इन्द्रलालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद भट्टराई र सुरेशलाल श्रेष्ठले प्रतिरक्षामा बहस गरे । विष्णुका तर्फबाट अधिवक्ता नारायणप्रसाद दाहाल, महेशकुमार खड्का र विश्वनाथ भट्टराईले बहस गरेका थिए ।

थुनामा राख्न आदेश दिइएका तीन सहित १२ जनालाई प्रतिवादी बनाएर यही भदौ १३ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको थियो । प्रहरीमार्फत अनुसन्धानको मिसिल प्राप्त भएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर साविकको मुलुकी ऐन १ नम्बर र ४ नम्बरको कसूर तथा मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २१ को दफा २४९ को कसूर अन्तर्गत सजायको मागदावी लिई प्रतिवादीबाट पीडितहरूलाई क्षतिपूर्ति समेत दिलाई भराई पाउनु पर्ने माग गर्दै मुद्दा दायर गरेको हो । लामो समयदेखी विराटनगर ९ बाटारोडमा संचालनमा रहेको सहकारीले दुई सय ६८ जना बचतकर्ताको तीन करोड ९७ लाख ९५ हजार तीन सय ३३ रुपैयाँ अपचलन गरेको अनुसन्धानका क्रममा पत्ता लागेको छ । बचतकर्ताहरूले उजुरी दिएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेर ठगी मुद्धामा अनुसन्धान अघि बढाएको थियो ।

त्यस्तै सहकारी संचालनमा आवद्ध रहेका अन्य नौ जना विरुद्ध पनि अदालतले पक्राउका लागि बुधबार वारेन्ट जारी गरेको छ । अदालतले खोटाङ घर भई कास्की पोखरा बस्दै आएका अनिल जोशी, विराटनगरका विष्णुलक्ष्मी श्रेष्ठ, लीला खानम, सन्तोष भनिने तेजप्रसाद ढकाल, गोमा श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, सुनिता दंगाल, गोपाल साह र विमला उदासका नाममा वारेन्ट जारी गरेको स्रेस्तेदार दुलालले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.