एपी शेर्पाको ‘किन हो सानु...’
काठमाडौं : गायक एपी शेर्पाको नयाँ गीत ‘किन हो सानु’को भिडियो सार्वजनिक भएको छ।
सुरेशकुमार क्षत्रीको शब्द संगीत रहेको गीतको भिडियोमा छिरिङ डोमा शेर्पा, अभि लामा र गायक शेर्पाले अभिनय गरेका छन्। धरान र काठमाडौँमा छायांकन गरिएको भिडियोको छायांकन, सम्पादन र निर्देशन सूर्य लामाले गरेका हुन्।
शेर्पा धरानमा बसेर संगीतकर्म गरिरहेका छन्।
हेर्नुस् भिडियो