आठ स्थानीय तहमा पुगेन बैंक

आठ स्थानीय तहमा पुगेन बैंक

 चैनपुर : स्थानीय तहमा जनप्रतिनिधि आएको झन्डै डेड वर्ष हुँदासम्म आठ स्थानीय तहमा अझै पनि बैंक पुग्न सकेका छैनन् । नेपाल सरकारले स्थानीय तह स्थापना हुने बेला नै सेवा पु¥याउने लक्ष्य राखे पनि हालसम्म जिल्लाका अधिकांश स्थानीय तहमा बैंक नहुँुदा सेवाग्राही मर्कामा परेका छन् ।

साईपाल गाउँपालिका धुली घर भएका वीरभान रोकायाले गाउँपालिकाबाट चेक लिएर चैनपुर जान चार दिन फर्कन चार दिन हिड्नुपर्दा समस्या भएको गुनासो राखे । बझाङका गाउँपालिका केन्द्रमा अहिलेसम्म ईमेल इन्टरनेट सुविधा छैन । बैंकिङ सुविधा पनि छैन । कतिपय गाउँपालिका केन्द्रमा प्रहरी चौकी, यातायात र विद्युत्को समेत असुविधा भएको सेवाग्राहीको भनाइ छ ।

सरकारले तत्काल सबै स्थानीय तहमा आवश्यक सेवा पु¥याउनुपर्ने जिल्ला समन्वय समितिका संयोजक खडक खड्काले बताए । सदरमुकाम क्षेत्र रहेको चैनपुरसहित मष्टा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकका शाखा स्थापना गरी कारोबार सञ्चालन भएको छ भने केदार स्यू गाउँपालिकाको झोतामा नेपाल इन्भेस्टमेन्ट बैंक र चिर बिथ्थड गाउँपालिकाको देउलेखमा नबिलका शाखा स्थापना भएका छन् ।

यीबाहेक जिल्लाका सात गाउँपालिका र एक नगरपालिका गरी आठ स्थानीय तहमा अहिलेसम्म बैंक स्थापना भएका छैनन् । बैंकिङ सेवा नभएका बुंगोल नगरपालिका, छविसपाथिधेरा, दुर्गाथली, थलारा, खप्तड छान्ना, सुर्मा, तल्कोट र साईपाल गाउँपालिका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर २ का मानबहादुर खातीले चेक भुक्तानी लिन चैनपुर जानुपर्दा समस्या भएको बताए ।

‘सिंहदरवारको अधिकार सबै गाउँमा आएको भन्ने सुनेका थियौं’, उनले भने, ‘खासै यस्तो सेवा पाएका छैनौं ।’ स्थानीय तहमा बैंक स्थापना भएर के गर्नु गाउँपालिका केन्द्रमा प्रहरी चौकी नहुँदा पनि समस्या भएको चिर बिथ्थड गाउँपालिका अध्यक्ष प्रेम बोहराको भनाइ छ ।

बैंकहरू सञ्चालन गर्दा ईमेल इन्टरनेट आवश्यक हुनुका साथै अन्य सुरक्षा र भौतिक पूर्वाधार पनि आवश्यक भएकाले सबै स्थानीय तहमा यस्तो सुविधा नहँुदा बैंक जान नसकेको रावा बैंक बझाङ शाखाका प्रकाश सिंहको भनाइ छ । जिल्लाका आठ स्थानीय तहमा बैंकिङ सेवासहित अन्य टेलिफोन सेवाका लागि आफूले केन्द्र सरकारसँग पहल गरिरहेको प्रतिनिधि सभा सदस्य आशा बिकले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.