पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई

पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई

काठमाडौं : भूकम्प पुनर्निर्माणमा स्थानीय तहलाई परिचालन गरिने भएको छ । पुनर्निर्माणले गति लिन नसकेपछि स्थानीय तह परिचालन गर्न लागिएको हो । भूकम्पबाट क्षतिग्रस्त एकतिहाइ घर मात्रै पुनर्निर्माण भएका छन् । ९ लाख ९६ हजार ५ सय ८२ घरघुरीमध्ये दुई लाख ८३ हजार ८ घर मात्रै निर्माण भएका छन् ।

पाँच लाख ४८ हजार चार सय ९९ घर निर्माणाधीन छन् । लाभग्राही सूचीमा रहेका आठ लाख ७ हजार चार सय ८६ मध्ये सात लाख २३ हजार दुई सय ५२ घरधुरीसँग अनुदान सम्झौता भएको छ । तीमध्ये ७ लाख १५ हजार ६ सय ७८ लाई पहिलो किस्ता वितरण भएको छ । दोस्रो किस्ताका लागि निवेदन दिएका पाँच लाख १६ हजार ४२ मध्ये पाँच लाख तीन हजार आठ सय ८५ को प्रमाणीकरण गरिएको छ । त्यसमा चार लाख ९२ हजार सात ३१ ले दोस्रो किस्ता पाएका छन् ।

दुई लाख ९८ हजार सात ५४ घर धुरीले तेस्रो किस्ताका लागि निवेदन दिएका छन् । त्यसमा दुई लाख ८७ हजार सात सय ४४ को प्रमाणीकरण भएको छ । दुई लाख ४९ हजार एक ९६ जना तेस्रो किस्ता वितरण भएको छ । २०७२ वैशाख ७ गते आएको भूकम्पबाट १४ जिल्ला अति भएका थिए । भने १८ जिल्ला भने कम प्रभावित भएका थिए ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले निजी आवास पुनर्निर्माणको निरीक्षण र सिफारिसको जिम्मा स्थानीय तहलाई दिएको हो । बैठकले पुनर्निर्माणका काम व्यवस्थित र प्रभावकारी बनाउँदै थप गति दिन स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

बैठकले हालसम्म पहिलो किस्ता रकम प्राप्त गरिसकेका लाभग्राहीले पुसभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने समय सीमा तोकेको छ । साथै २०७६ वैशाखभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने गरी निजी आवास पुनर्निर्माणको समय तालिकासमेत निर्धारण गरेको छ ।

तर गुनासो सुनुवाइबाट आएका, पुनः सर्वेक्षण गर्नुपर्ने, परम्परागत बस्तीमा परेका एवं बस्ती स्थानान्तरण गर्नुपर्ने लाभग्राहीको हकमा भने प्राधिकरणको कार्यकारी समितिले निर्धारण गरेबमोजिम समयसीमा हुनेछ ।

भूकम्पपीडित परिवारलाई हालसम्म उपलब्ध हुन नसकेको ३ लाख रुपैयाँको सहुलियत ऋण सहज रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयबाट कार्यविधि परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । ऐलानी पर्ती जग्गामा बसेका वास्तविक भूमिहीन सुकुमवासी भूकम्पपीडित परिवारलाई स्थानीय तहले तोकेको स्थान र मापदण्डअनुसार निजी आवास अनुदान उपलब्ध गराउने निर्णय पनि भएको छ ।

बैठकले अन्यत्र घर भई पहिलो किस्ता रकम बुझेका तर घर निर्माण नगर्नेहरूबाट कानुनबमोजिम रकम असुल उपर गर्न आवश्यक प्रक्रिया अघि बढाउनेसमेत निर्णय गरेको छ । उक्त अवसरमा ज्ञवालीले पुनर्निर्माणको वर्तमान अवस्था र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी ओलीले प्रमुख कार्यकारी अधिकृतबाट प्रस्तुत पुनर्निर्माणसम्बन्धी कार्ययोजनाअनुरूप काम अघि बढाउन निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.