अभाव देखाउँदै सुन कालोबजारी

अभाव देखाउँदै सुन कालोबजारी

बुटवल : सुनको सिजन भएकाले अभाव देखाएर कालोबजारी भइरहेको पाइएको छ । रुपन्देहीका गहना व्यापारीले प्रति तोलमा ३ हजार २ सय रुपैयाँ बढी लिने गरेका छन् । सरकारी निकायबाट बजार अनुगन नभएकाले दुई महिनायता कालोबजारी मौलाएको हो । केही दिनअघि मात्रै सुन नपाएको भन्र्दै तीन दिन पसल बन्द गरेका सुन तथा गहना व्यापारीले उपभोक्तालाई बढी मुल्य लिने गरेका छन् । ‘सुन किन्दा प्रतितोला ३२ सयदेखि ३५ सय बढी तिर्नु परेको छ । ग्राहकलाई कसरी तोकिएको मुल्यमै सुन दिने ? ’, बुटवल अमरपथका एक ब्यापारीले भने ।

नेपालमा मागभन्दा कम सुन आपूर्ति भएको तथा चाडपर्वले माग बढी हुदा कालोबजारी मौलाएको साना व्यापारी बताउछन् । बुटवलमै रहेका केही होलसेलरहरुले प्रतितोला ३५ सय रुपैयासम्म बढी असुल्ने गरेका हुन् । सुनको खास मुल्य अहिले साढे ५६ हजारको हाराहारीमा चलिरहेको छ । तर बुटवलका ब्यापारीले ६० हाजार प्रतितोलमा सुनका गहना बेच्दै आएका छन् । ‘नभई नहुने भएर गहना किन्नु प¥यो । सुनको मुल्य घटेको भन्थे तर ६० हजार तोला लिए, शंकरनगरकी निर्माया क्षेत्रीले भनिन् । उनले सुन पसलको पनि अनुगमन हुनुपर्ने बताइन् ।

सुनचादी व्यवसायीहरु भने उपभोक्ताबाट बढि मुल्य नलिएको दाबि गर्छन । सुनचादी व्यवसायी संघ बुटवलका अध्यक्ष दीपक कुमार विश्वकर्माले आफूहले बढी मुल्यमा खरिद गरे पनि उपभोक्तालाई तोकिएकै दररेटमा दिइएको दाबि गरे । ‘अहिले त हामीले सेवा मात्रै गरेका छौं, ज्याला वापतको नाफा पनि बचेको छैन, उनले भने । सुनको अभाव यस्तै भए उपभोक्ताको माग धान्न नसकिने बताउछन् ।

बुटवलमा मात्रै अहिले दैनिक २ किलो सुनको माग छ । तर अहिले सातामा ३ किलो मात्रै सुन उपलब्ध भएको विश्वकर्माले बताए । तीन केजी सुन जिल्लाभरका लागि हो । रुपन्देहीका सुनचाँदी व्यवसायीले सातामा एक तोला सुन समेत पाउन नसकेको उनले बताए । जिल्लामा साढे ३ सय व्यवसायी छन् । सुनचादी व्यवसायीले उपभोक्ताकै पुरानो सुनबाट काम चलिरहेको दावि गर्छन । बुटवलमा विशेषरी चोरीको सुन बढी बिक्री हुदै आएको बताइन्छ । ब्यापारीले भने भारतमा सुन तस्करी भइरहेकाले अभाव भएको दाबि गर्छन् । यसअघि विदेशबाट नेपाल आउनेहरुले ५० ग्राम सुन ल्याउन पाउदा बजार थेगेको थियो । त्यो सुन पनि आयात नहुँदा साना लगानीका व्यापारीहरु मारमा परेको विश्वकर्माले बताए ।

राष्ट्रबैंकबाट उपलब्ध हुने सुनको ६० प्रतिशत काठमाण्डौं उपत्यकामा खपत हुने गरेको छ । बाकी रहेको ५० प्रतिशत सुनचादी व्यवसायी संघ माफर्त ५२ जिल्लामा पुराउने गरिएको छ । काठमाण्डौंमै पनि प्रतितोला २ हजार ९ सय बढी मुल्य असुलिएको ब्यापारीहरु नै बताउछन् । सामान्य अवस्थामा मात्रै मुलुकभरलाई दैनिक २० किलो सुनले पुग्छ । सिजनको समयमा भने दैनिक ४५ किलोसम्म सुन चाहिने व्यवसायीहरु बताँउछन् । सिजनको समयमा पनि सुन नआएकाले व्यवसायीले पसल बन्द गरेर बिरोध जनाएका थिए ।

‘उपभोक्ताको माग बढेको बढ्यै छ, गहना बनाउने सुन छैन, अव पसल बन्द गर्नु बाहेक अर्काे विकल्प भएन, सुनचाँदी व्यवसायी गोकुल विश्वकर्माले बताए ।

बुटवलका साना ब्यापारीलाई बिक्री गर्ने होलसेरलबाटै कालो बजारी शुरु भएको छ । तर सुन बेच्नेहरुले बढी पैसा लिएको मात्रै नभई सुन नै नबेचेको दाबि गर्छन । बुटवलमा धम्म ज्वेलर्स, बालाजी, चादनी ग्रुप, गोल्ड स्पोटजस्ता होलसेलरहरु छन् । यद्यपि उनीहरु आफू होलसेलर भएको स्विकार गर्दैनन् । होलसेलरहरुले चिनजानको व्यवसायीलाई मात्रै सुन बेच्ने गर्दछन् । त्यसरी खरिद हुने सुनको बिल समेत व्यवसायीले पाउदैनन् । ‘सुन किने पनि हामीले बिल पाउदैनौं, एक व्यवसायीले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.