प्रधानाध्यापकद्वारा शिक्षकको तलब हिनामिना

प्रधानाध्यापकद्वारा शिक्षकको तलब हिनामिना

सिरहा : लहान नगरपालिका–१७ स्थित माध्यमिक विद्यालय झिरहरीका शिक्षक नारायणप्रसाद साहले आर्थिक वर्ष ०७४÷०५ को दोस्रो चौमासिक तलब अझै पाउन सकेका छैनन् । ०७४ मंसिरदेखि फागुनसम्मको तलब र पोसाक भत्ताबापतको १ लाख ५८ हजार रुपैयाँ नपाएपछि शिक्षक साहले नगरपालिका कार्यालयमा ०७५ वैशाख १३ गते निवेदन दर्ता गराएका थिए । त्यसपछि नगरपालिकाले निमित्त प्रधानाध्यापक मोहम्मद अब्दुल अजिजलाई वैशाख २४ गते तलब नदिनुको कारण सोधी तीन दिनभित्र तलब दिई सोको जानकारी गराउन भनेको थियो । प्रअको बेवास्ताले समस्या भएपछि नगरपालिकाले त्यसपछिको तलब शिक्षकको व्यक्तिगत खातामै पठाउन थालेको थियो ।

शिक्षा कार्यालयले अजिजलाई पशुपति माध्यमिक विद्यालय सरुवा पदस्थापना ग¥यो । तर उक्त सरुवा कानुनविपरीत भएको भन्दै अजिजले अदालतमा रिट दायर गरेका थिए । अदालतबाट निषेधज्ञा ल्याएर अजिज झिरहरी विद्यालयमै फर्किए । त्यसपछि विद्यालयको खाता आफ्नो नाममा सञ्चालन हुनुपर्ने भन्दै नगरपालिकामा निवेदन दिए । सोहीअनुसार नगरपालिकाले दिएको सिफारिसका आधारमा खातामा अजिजले आफू र निजी स्रोतका शिक्षक महेशकुमार महतोलाई राखे ।

लेखापाल रहेका विद्यालयमा प्रअ र लेखापालको नाममा खाता सञ्चालन हुने व्यवस्था छ । लेखापाल नभएको विद्यालयमा प्रअ र स्थायी शिक्षकको नाममा खाता सञ्चालन हुने गर्छ । तर अजिजले कानुनविपरीत निजी स्रोतका दरबन्दी भएका शिक्षकको नाममा विद्यालयको खाता सञ्चालन गरेका त्यस विद्यालयका शिक्षकहरूले आरोप लगाएका छन् ।

       लहान नगरपालिकाका शिक्षा संयोजक भवानी कट्टेलले निकासा भइसकेको रकम शिक्षकलाई उपलब्ध गराउन आफूहरूले पनि पटक पटक निर्देशन दिएको बताए । ‘शिक्षकहरूले तलब नपाएको गुनासो गर्नासाथ यहाँबाट प्रअ अजिजलाई निर्देशन गरेका छौं’, उनले भने, ‘यस विषयमा फेरि कुरा गर्छौं ।’ खाताधारी प्रअ अजिज भने यस विषयमा केही बोल्न चाहेनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.