मोरङमा विद्युत चोरी गर्ने १३ पक्राउ

मोरङमा विद्युत चोरी गर्ने १३ पक्राउ

विराटनगर : मोरङ जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरीमा संलग्न १३ जना बिहीबार राति पक्राउ परेका छन्। विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र प्रहरीको संयुक्त टोलीले विद्युत हुकिङ गरेर चोरी गर्दै व्यक्तिगत रुपमा घरमा प्रयोग गरिरहेको भेटेपछि उनीहरुलाई पक्राउ गरेको हो।

वितरण केन्द्रका प्रमुख राजु श्रेष्ठका अनुसार विराटनगर महानगरपालिका १८ का १८ वर्षीय अविनाश यादव, ५० वर्षीय अवकेशर ऋषिदेव, १६ वर्षीय पल्टुदास तत्मा, १६ वर्षीय विजेनकुमार ऋषिदेव, १६ वर्षीय पारसकुमार ऋषिदेव, १८ वर्षीय बैंकु यादव पक्राउ परेका छन्।

त्यस्तै मोरङको जहदा गाँउपालिका १ का ५१ वर्षीय जनदिश सरबरिया, २७ वर्षीय रघुनन्द साह, ६० वर्षीय लक्ष्मण साह, २४ वर्षीय प्रकाश मलाहा, ४० वर्षीय शम्भु केसरी, ४० वर्षीय लालकिशोर साह र ६५ वर्षीय श्रीप्रसाद साह पनि पक्राउ परेका छन्। 

प्राधिकरण प्रमुख श्रेष्ठले विद्युत पोलबाट हुकिङ गरेर चोरी गरेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका व्यक्तिका घरबाट पंखा, टेलिभिजन, विजुलीका तार, बल्व लगायतका विद्युतबाट चल्ने अन्य सामान बरामद गरिएको उनले बताए। पक्राउ परेकालाई जरिवाना गरेर आगामी दिनमा विद्युत चोरी नगर्ने सर्तमा छाडिएको प्राधिकरणले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.