मन्दिर पसे मार्ने धम्की आएपछि दलित त्रासमा

मन्दिर पसे मार्ने धम्की आएपछि दलित त्रासमा

वीरगन्ज : बाराको सिम्रौनगढ नगरपालिका-७ झवानी टोलको शिव-पार्वती मन्दिरमा शुक्रबार बिहान दलित र गैर दलितले एकै साथ पूजापाठ गर्ने तयारी थियो। तर दलितहरु घरबाटै ननिस्किएपछि एकसाथ पूजापाठ गर्ने कार्यक्रम हुन सकेन। 

सार्वजनिक जग्गामा चार दशकअघि निर्माण गरेको मन्दिरमा दलितलाई प्रवेश र पूजापाठ गर्न नदिएपछि सोमबार दलित र विभिन्न संगठनले विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनपछि बुधबार नगरपालिकाका मेयर विजयशंकर यादवको पहलमा गाउँमा सर्वपक्षीय बैठक बस्यो। बैठकले दलितमाथि भइरहेको छुवाछुतको विभेद अन्त्य गर्न भन्दै शुक्रबार एकसाथ पूजापाठ गर्ने कार्यक्रम राखेको हो।

बैठकले वडा अध्यक्ष रमेश कुशवाहाको संयोजकत्वमा नौ सदस्य मन्दिर सञ्चालन समिति पनि गठन गर्यो। समितिमा दलित समुदायका चार र गैर दलित समुदायका पाँच सदस्य राखियो।

बुधबारको सर्वदलीय बैठकको सहमति अनुसार शुक्रबार पूजापाठको समय तोकिएके भए पनि दलितहरु पूजापाठको कार्यक्रममा सहभागी नभएका हुन्। 

‘मन्दिरमा पसे गोली हानेर मार्ने नै धम्की आएपछि घरबाट कसरी निस्कनु ?’, दलितवस्तीका रामबाबुराम चमारले प्रश्न गर्दै भने, ‘हामीलाई मन्दिरको पूजापाठ भन्दा आफ्नो र छोराछोरीको ज्यान नै प्यारो छ, मन्दिरमा छिरेर पूजापाठ गर्दा ज्यान नै रहदैन भने  किन जानु ?’

सर्वदलीय सहमति विपरित गैर दलितले दलितमाथि मार्ने धम्की दिएकोप्रति नेपाल मानवअधिकार संगठन बाराका सचिव राजनारायणले आपत्ति जनाएका छन्। 

धम्की दिएपछि मन्दिरमा पूजापाठ गर्न नगएको दलित महिला वडा सदस्य सरस्वती देवी रामको भनाइ छ। ‘मन्दिरमा पस्यौ भने लाश बिछ्याउँछौँ पनि भने’, सरस्वतीले भनिन्, ‘यति उपद्रो गरेपछि डरले हामी मन्दिरमा नगएका हौं।’ 

मानव अधिकार संगठन बाराका सचिव रामले झवानीका दलितमाथि गैर दलितले सिर्जना गरेको त्रास हटाउनका लागि पहल गर्ने बताएका छन्। 

करिब एक सय ५० घर धुरी रहेको झवानी टोलमा चमार जातिका १०÷१२ घरधुरी छन् । बाँकी ब्राह्मण, राजपुत, सहनी, तेली र नुनिया जातिको बसोबास छ।

मन्दिरको स्थापना भएदेखि नै दलितलाई मन्दिरमा पस्न र पूजापाठ गर्न गैर दलितले नदिएको स्थानीय विनोद महरा चमारले बताए।  दलितले मन्दिर भित्र पूजा गरे मन्दिर अपवित्र हुने भन्दै गैर दलितले दलितलाई मन्दिरमा पूजापाठ गर्न नदिएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.