पोखरीमा महिलाको शव भेटियो

पोखरीमा महिलाको शव भेटियो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–३ नुनिया टोलको पोखरीमा बुधबार बिहान एकजना महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार भारतको मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको शव बिहान १०: ४५ बजेतिर सार्वजनिक पोखरीमा भेटिएको हो । 

भारतको मोजफरपुर घर भए पनि उनी केही समयदेखि परिवारसहित धनपालथान–६ स्थित माइतीमा बस्दै आएकी थिइन् । डुबिरहेको अवस्थामा देखेर स्थानीयले पोखरीबाट बाहिर निकालेका थिए ।

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएर इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । 

अनुसन्धानपछि घटनाका बारेमा विस्तृत जानकारी हुने जानकारी प्रहरीले दिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.