इरानले आक्रमण गरेपछि बहराइन, कुवेत र जोर्डनले दिए यस्तो प्रतिक्रिया
इरान : केहि इरानी मिडिया आउटलेटहरुले इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरिएको समाचार प्रशारण गरेका छन् ।
यसैबीच सम्बन्धित देशहरूको प्रतिक्रिया पनि सार्वजनिक भएका छन् । कुवेतको सेनाका जनरल स्टाफले आफ्नो देशको हवाई रक्षा प्रणालीले ‘हवाई आक्रमणहरू’ रोकेको जनाएका छन् । एक्स (ट्वीटर) मा गरिएको पोस्टमा कुवेती सेनाले नागरिकहरूलाई ‘सुरक्षासम्बन्धी निर्देशनहरू पालना गर्न’ आग्रह गरेको छ ।
बहराइनको गृह मन्त्रालयले नागरिकहरूलाई ‘शान्त रहन र सबैभन्दा नजिकको सुरक्षित स्थानमा जान’ आग्रह गरेको छ । त्यसैगरी जोर्डनको सेनाले एक विज्ञप्ति जारी गर्दै इरानले प्रहार गरेका पाँच मिसाइलहरू खसालिएको दाबी गरेको छ । यसअघि इरानी मिडियाले इस्लामिक रिभोलुसनरी गाड्र्स कोरले जोर्डन र बहाराइनस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको खबर दिएको थियो ।
खातम अल–अनबिया मुख्यालयले आफ्नो विज्ञप्तिमा आइआरजीसी र इरानी सेनाले संयुक्त रूपमा यी आक्रमणहरू गरेको जनाएको छ । यसैबीच अमेरिकी मिडिया संस्था ‘एक्सियोस’ ले अमेरिकी अधिकारीहरूको हवाला दिँदै बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी अड्डाहरूमा कम्तीमा चार ब्यालिस्टिक मिसाइल र धेरै ड्रोन प्रहार गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !