मोदी बने लगातार लामो समय काम गर्ने निर्वाचित प्रधानमन्त्री

मोदी बने लगातार लामो समय काम गर्ने निर्वाचित प्रधानमन्त्री
फाइल फोटो
सुन्नुहोस्

भारत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार सबैभन्दा लामो समय सेवा गर्ने ‘निर्वाचित प्रधानमन्त्री’ बनेका छन् । यस ऐतिहासिक उपलब्धिका अवसरमा केन्द्रीय मन्त्रिमण्डल (क्याबिनेट) ले उनको सम्मानमा एक विशेष प्रस्ताव पारित गरेको छ । मन्त्रिमण्डल बैठकमा उपस्थित सम्पूर्ण मन्त्रीहरूले प्रधानमन्त्री मोदीको यो उपलब्धिलाई सराहना गर्दै सम्मानस्वरूप उभिएर ताली बजाएर (स्ट्यान्डिङ ओभेशन) बधाई ज्ञापन गरेका छन् ।

जवाहरलाल नेहरूको रेकर्ड भंग
प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार निर्वाचित प्रधानमन्त्रीका रूपमा भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको रेकर्डलाई पछि पारेका हुन् । आम निर्वाचन जितेपछि नेहरू लगातार ४,३९८ दिन प्रधानमन्त्री रहेका थिए, जबकी निर्वाचित प्रधानमन्त्रीका रूपमा मोदीको कार्यकाल अब ४,३९९ दिन पुगेको छ । मोदीको कार्यकाल अझै बाँकी छ ।

कुल कार्यकालमा नेहरू अझै अगाडि
यद्यपि, सन् १९४७ देखि १९५२ सम्मको अवधि (जतिबेला नेहरू आम निर्वाचन विना नै अन्तरिम सरकारको प्रधानमन्त्री हुनु हुन्थ्यो) लाई समेत जोड्ने हो भने उनको कुल कार्यकाल ६,१३१ दिनको हुन्छ । यस कारण कुल कार्यकालको मामिलामा नेहरू अझै पनि अगाडि छन्, तर निर्वाचन जितेर लगातार सत्तामा रहने मामिलामा भने मोदीले नयाँ कीर्तिमान कायम गरेका छन् ।

९,००० दिनभन्दा बढी सत्ता प्रमुखको रेकर्ड
नरेन्द्र मोदीको नाममा देशमा सबैभन्दा लामो समयसम्म लगातार ‘सत्ता प्रमुख’ रहने रेकर्ड पनि दर्ता भएको छ । सुरुमा गुजरातको मुख्यमन्त्री र त्यसपछि देशको प्रधानमन्त्रीका रूपमा उनले लगातार ९,००० दिन भन्दा बढी समयदेखि शीर्ष पद सम्हाल्दै आएका छन् ।

मन्त्रिमण्डलद्वारा नेतृत्वको प्रशंसा
मन्त्रिमण्डलद्वारा पारित प्रस्तावलाई प्रधानमन्त्री मोदीको लामो सार्वजनिक जीवन र लगातारको चुनावी सफलताको उच्च मूल्याङ्कनका रूपमा हेरिएको छ। बैठकमा मन्त्रीहरूले उनको दूरदर्शी नेतृत्वको प्रशंसा गर्दै आगामी कार्यकालका लागि समेत शुभकामना व्यक्त गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.