अफगानिस्तानमा पाकिस्तानी हवाई हमला : ११ बालबालिकासहित १३ जनाको मृत्यु

अफगानिस्तानमा पाकिस्तानी हवाई हमला : ११ बालबालिकासहित १३ जनाको मृत्यु
फाईल तस्बिर
सुन्नुहोस्

काठमाडौं: पाकिस्तानी सेनाले अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन गर्दै डूरंड लाइन (सिमाना)नजिकैका विभिन्न प्रान्तहरूमा हवाई आक्रमण गरेको छ। अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मंगलबार र बुधबारको मध्यरातमा सो हमला भएको हो। साेही हमलामा परी ११ जना बालबालिका, एक महिला र एक वृद्धको ज्यान गएको छ भने अन्य १४ जना महिला तथा बालबालिका घाइते भएका छन्। 

प्रवक्ता मुजाहिदले सामाजिक सञ्जाल 'ट्विटर' मा केही तस्बिरहरू सार्वजनिक गर्दै लेखेका छन्, 'गएतीर पाकिस्तानी सेनाले पुनः एकपटक अफगान हवाई क्षेत्रको उल्लंघन गर्दै कुनार, खोस्त र पक्तिका प्रान्तका सर्वसाधारणको घरमा बमबारी गरेको छ।'

उनले दाबी गरे अनुसार यस आक्रमणमा ११ जना बालबालिका, एक महिला र एक वृद्धको ज्यान गएको छ भने अन्य १४ जना महिला तथा बालबालिका घाइते भएका छन्। तालिबान सरकारले यस हवाई हमलालाई 'मानवीय अपराध'र 'हस्तक्षेपकारी कदम' भन्दै यसको कडा शब्दमा निन्दा गरेको छ।

यस सैन्य कारबाहीलाई लिएर पाकिस्तान सरकार वा सेनाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन।

विगत केही महिनादेखि छिमेकी मुलुक पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीच तनाव निरन्तर बढ्दै गएको छ। बीबीसी पस्तोका अनुसार यसै वर्षको मार्च महिनामा पनि पाकिस्तानले अफगानिस्तानको एक केन्द्रमा आक्रमण गरेको थियो। अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहायता मिसनले उक्त मार्च महिनाको हमलामा कम्तीमा २६९ जनाको मृत्यु भएको पुष्टि गरेको थियो भने ज्यान गुमाउनेको वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरेको थियो।

पाकिस्तानले आफ्नो भूमिमा भइरहेका आतंकवादी गतिविधिहरूमा अफगानिस्तानको तालिबान सरकारले प्रश्रय दिइरहेको आरोप लगाउँदै आएको छ। अर्कोतर्फ, तालिबान सरकारले भने पाकिस्तानको यो आरोपको खण्डन गर्दै आफ्नो भूमि कुनै पनि हालतमा अर्को देशविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोऱ्याउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.