इरानले आफ्नो हेलिकप्टर खसालेको दाबी गर्दै अमेरिकाद्वारा जवाफी हमला सुरु

इरानले आफ्नो हेलिकप्टर खसालेको दाबी गर्दै अमेरिकाद्वारा जवाफी  हमला सुरु

वासिङ्टन  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्ये एक अमेरिकी हेलिकप्टर खसालेको दाबी गरेका छन्। यस घटनाको लगतै अमेरिकाले इरानविरुद्ध जवाफी  कारबाही गर्दै आक्रमण सुरु गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार हेलिकप्टर खसालिएको जवाफमा अमेरिकी सेनाले मंगलबार नेपाली समयअनुसार राती करिब २:४५ बजे आक्रमण सुरु गरेको हो। सेन्टकमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'यो मिसन इरानको बिनाकारणको आक्रामकताको बराबरी जवाफ हो।'

यद्यपि, एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार 'सीबीएस न्यूज'लाई दिएको जानकारी अनुसार इरानी ड्रोनले जानाजानी हेलिकप्टरमाथि आक्रमण गरेको हो या होइन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

के भने राष्ट्रपति ट्रम्प ? 
अमेरिकी अपाचे हेलिकप्टर खसालिए पनि त्यसमा सवार दुवै चालक दलका सदस्य (पाइलट) हरू सुरक्षित रहेको र उनीहरूलाई एउटा अमेरिकी सी-ड्रोनको मद्दतले उद्धार गरिएको सेन्टकमले जनाएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल'मा लेखेका छन्, 'यसमा दुई पाइलट सामेल थिए, दुवै सुरक्षित छन् र उनीहरूलाई कुनै चोट लागेको छैन। तैपनि अमेरिकाका लागि यस हमलाको जवाफ दिनु जरुरी छ।'

एबीसी न्यूजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले थपे, 'हामीले अहिले जवाफी कारबाही गरिरहेका छौँ। यो धेरै बलियो र शक्तिशाली हुनेछ।'

अमेरिकी सञ्चार माध्यम 'एक्सियोस'का अनुसार अमेरिकाले इरानका कयौँ डिफेन्स र राडार प्रणालीलाई निशाना बनाएको छ। इरानी सरकारी टेलिभिजनले पनि फारसको खाडी तटमा रहेका बन्दर अब्बास, केश्म र सिरिक जस्ता क्षेत्रहरूमा विस्फोट र एयर डिफेन्स सक्रिय भएको रिपोर्ट सार्वजनिक गरेको छ।

अर्कोतर्फ, इरानी विदेशमन्त्री सैयद अब्बास अराग्चीले सामाजिक सञ्जाल 'एक्समा लेख्दै अमेरिकालाई चेतावनी दिएका छन्। उनले लेखेका छन्, 'लडाइँमा हार बेहोरे पनि अमेरिकाले हाम्रो दृढतालाई जाँच्ने प्रयास गरेको छ। हाम्रो शक्तिशाली सेना कुनै पनि आक्रमण वा धम्कीको जवाफ नदिई बस्ने छैन। यदि सुरक्षित रहन चाहनुहुन्छ भने हाम्रो क्षेत्रबाट बाहिरिनुहोस्।'

जारी सिजफायर (युद्धविराम) का बीच भएको यस घटनाले मध्यपूर्वको समीकरण फेरिने आशंका उब्जाएको छ। ट्रम्पले हाल आर्थिक दबाब र नाकाबन्दीको रणनीति अपनाइरहेका छन् भने इरानीहरूले अमेरिकी धैर्यताको परीक्षा लिँदै वार्तामा केही सहुलियत पाउने दाबी गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.