चक्कु प्रहारको घटनालाई लिएर बेलायतमा हिंसात्मक प्रदर्शन, घर र गाडीमा आगजनी

चक्कु प्रहारको घटनालाई लिएर बेलायतमा हिंसात्मक प्रदर्शन, घर र गाडीमा आगजनी
सुन्नुहोस्

लन्डन : उत्तर आयरल्यान्डमा भएको चक्कु प्रहारको घटनामा संलग्न ३० वर्षीय पुरुषमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएपछि बेलायतका विभिन्न सहरहरूमा विरोध प्रदर्शन चर्किएको छ। बेलायती प्रधानमन्त्री कीर स्टार्मरले उक्त घटनालाई 'भयानक' भन्दै भर्त्सना गरेका छन्।

मंगलबार साँझ बेलफास्टका विभिन्न क्षेत्रमा मुकुण्डो लगाएका प्रदर्शनकारीहरूको भीड जम्मा भई घर, बस, कार र सडकमा आगजनी गरेका छन्। सीएनएनले प्रमाणित गरेको एक भिडियोका अनुसार, छिमेकी सहर न्यूटाउन एबीमा प्रदर्शनकारीहरूले दुईवटा कार जलाएका छन् भने किल्किलमा पनि अर्को एक कारमा आगो लगाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बेलफास्टका घरहरूमा आगो दन्किरहेको र दमकल तथा आपत्कालीन सवारी साधनहरू सडकमा दौडिरहेको देखिन्छ। उत्तर आयरल्यान्डकी प्रथम मन्त्री मिसेल ओ'निलले मुकुण्डोधारी समूहहरूले 'परिवारहरूलाई उनीहरूको घरबाटै जलाउन खोजेको' भन्दै यसलाई 'खुला गुण्डागर्दी'को संज्ञा दिएकी छन्।

स्थानीय प्रहरीले सोमबार राति उत्तरी बेलफास्टमा भएको चक्कु प्रहारको घटनामा एक सुडानी नागरिकलाई ज्यान मार्ने उद्योगमा आरोपी बनाएपछि यो विरोध प्रदर्शन सुरु भएको हो। चक्कु प्रहारबाट घाइते भएका एक पुरुषको आँखा, पिठ्युँ र अनुहारमा गम्भीर चोट लागेको छ र उनको अस्पतालमा उपचार भइरहेको छ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा एक व्यक्तिले रक्ताम्मे भएका अर्का व्यक्तिलाई भुइँमा लडाएर आक्रमण गरिरहेको र पछि सर्वसाधारण तथा प्रहरीले हस्तक्षेप गरेको देखिन्छ। प्रथम मन्त्री ओ'निलले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, 'उत्तरी बेलफास्टको आक्रमण जघन्य र गलत थियो। तर यहाँ शान्तिपूर्वक बस्न, काम गर्न र परिवार हुर्काउन चाहने निर्दोष मानिसहरूलाई निशाना बनाउन यो घटनाको दुरुपयोग गर्ने खतरनाक प्रयास भइरहेको छ। रंगभेद, धम्की र हिंसा जहाँ भए पनि गलत हो।'

यस्तै खालका साना प्रदर्शनहरू ब्याङ्गोर, ग्लासगो र लन्डन जस्ता अन्य बेलायती सहरहरूमा पनि भएका छन्। लन्डनमा कट्टर दक्षिणपन्थी प्रदर्शनकारीहरूले प्रहरीसँग मुठभेड गर्नुका साथै आप्रवासी विरोधी नाराबाजी समेत गरेका छन्।

उत्तर आयरल्यान्डका सहायक मुख्य कन्स्टेबल रायन हेन्डरसनले यो चक्कु प्रहारको घटना आतंकवादी गतिविधिसँग जोडिएको अहिलेसम्म कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेका छन्। अनुसन्धान अझै प्रारम्भिक चरणमा रहेको र आरोपीसँग उत्तर आयरल्यान्डमा बस्ने कानुनी अधिकार रहेको उनले बताए।

उत्तर आयरल्यान्डका प्रहरी प्रमुख कन्स्टेबल जोन बुचरले सर्वसाधारणलाई सामाजिक सञ्जाल मार्फत बाहिरी तत्वहरूको बहकाउमा नआउन आग्रह गरेका छन्। प्रहरीले उत्तर आयरल्यान्डका केही क्षेत्रमा छिटपुट अशान्ति मच्चिएको र गाडीहरू जलाइएको स्वीकार गर्दै सबैलाई शान्त रहन र जिम्मेवार भई शान्तिपूर्ण प्रदर्शन गर्न अपिल गरेको छ।

न्याय मन्त्री नाओमी लङले अशान्तिको निन्दा गर्दै प्रदर्शनकारीहरूमाथि आफूले रक्षा गर्न खोजेको समाजमै विनाश निम्त्याउन उद्धत रहेको आरोप लगाएकी छन्। उनले भनिन्, 'मुकुण्डो लगाएका गुण्डाहरूले सडकमा उत्रिएर धम्की दिने, आतङ्क फैलाउने र क्षति पुर्‍याउने कार्यको कुनै औचित्य छैन। उत्तर आयरल्यान्डको भलाइका लागि यो गरिएको हो भन्नु सरासर गलत हो।'

गत हप्ता गोरा विद्यार्थी हेनरी नोवाकको मृत्युको बडीक्याम फुटेज सार्वजनिक भएपछि देशव्यापी आक्रोश पैदा भएको अवस्थामा याे घटना घटेकाे हाे ।  नोवाकलाई चक्कु प्रहार गरिएपछि प्रहरीले हत्कडी लगाएको देखेपछि प्रहरी आचरणमाथि प्रश्न उठेको थियो भने दक्षिणपन्थी नेताहरूमाथि यो घटनालाई राजनीतिक फाइदा र रंगभेदी हिंसा भड्काउन प्रयोग गरेको आरोप लागेको थियो।

प्रधानमन्त्री स्टार्मरले सोमबार रातिको आक्रमणलाई 'भयानक र घिनलाग्दो' भन्दै सडकमा यस्ता हिंसक दृश्यहरू कडा रूपमा असह्य हुने बताएका छन्। अर्कोतर्फ, मुख्य विपक्षी कन्जर्भेटिभ पार्टीकी नेत्री केमी ब्याडेनोचले कुनै प्रमाण बिना नै यस आक्रमणलाई अवैध आप्रवासनसँग जोड्दै प्रहरीलाई तथ्यहरू छिटो सार्वजनिक गर्न माग गरेकी छन्। सुधार पार्टीका कट्टर दक्षिणपन्थी पपुलिस्ट नेता नाइजेल फराजले पनि अधिकारीहरूले आक्रमणकारीको पहिचान र कानुनी हैसियत तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.