इरानले मध्यपूर्वमा रहेका यी अमेरिकी सैन्य अखडाहरूलाई बनायो निशाना

इरानले मध्यपूर्वमा रहेका यी अमेरिकी सैन्य अखडाहरूलाई बनायो निशाना
सुन्नुहोस्

तेहरान :  इरानले मध्य-पूर्वमा रहेका विभिन्न अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएर शक्तिशाली हमला गरेको दाबी गरेको छ। दक्षिणी इरानका केही क्षेत्रमा अमेरिकाले गरेको हवाई हमलाको ठीक एक घण्टापछि इरानले यो जवाफी कारबाही गरेको हो।

इरानमा युद्ध व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको 'खातम अल-अन्बिया' मुख्यालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाको आक्रामक कदमको कडा जवाफ दिइएको जनाएको छ। बीबीसी फारसी सेवाका अनुसार विज्ञप्तिमा भनिएको छ, 'अमेरिकी सेनाको आक्रामकताको जवाफमा यस क्षेत्रमा रहेका केही अमेरिकी अखडाहरूलाई इरानी सेना र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का बहादुर जवानहरूले शक्तिशाली हमला गरेर निशाना बनाएका छन्।

इरानको तस्निम न्युज एजेन्सीका अनुसार आईआरजीसीले बुधबार बिहान २:३० बजे बहराइनमा तैनाथ अमेरिकी नौसेनाको पाँचौँ बेडा लाई लक्षित गरी घातक ड्रोन हमला गरेको छ।

त्यस्तै, फार्स न्युज एजेन्सीले जनाएअनुसार जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा लामो दूरीको मिसाइल प्रहार गरिएको छ। आईआरजीसीले जोर्डनको अल-अजराकमा रहेको अमेरिकी हवाई अखडाभित्रका एफ-३५ लडाकु विमानका ह्याङ्गर र सैन्य कमान्ड सहित चारवटा महत्त्वपूर्ण र संवेदनशील ठेगानाहरूलाई ध्वस्त पारेको दाबी गरेको छ।

यसैबीच, आईआरजीसीले उत्तरी फारसको खाडी क्षेत्रमा उडिरहेको एउटा अमेरिकी निगरानी ड्रोन ९म्चयलभ० लाई समेत खसालेको दाबी गरेको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार उक्त ड्रोनलाई बुशेहर प्रान्तको जाम काउन्टीमाथिको आकाशमा निशाना बनाएर नष्ट गरिएको हो।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्ट्रकम)ले बुधबार बिहान इरानद्वारा आफ्नो हेलिकप्टर खसालिएपछि जवाफी कारबाही गरिएको र उक्त सैन्य अपरेसन अब समाप्त भइसकेको बताएको थियो।

तर, मध्य-पूर्वका देशहरूमा रहेका आफ्ना रणनीतिक सैन्य अखडाहरू र पाँचौँ नौसैनिक बेडामाथि इरानले गरेको यो शृङ्खलाबद्ध हमलाको दाबीलाई लिएर वासिङ्टन वा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.