अमेरिकी आक्रमणको प्रतिशोधमा इरानले गर्‍यो बहराइन, कुवेत र जोर्डनमा हमला

अमेरिकी आक्रमणको प्रतिशोधमा इरानले गर्‍यो बहराइन, कुवेत र जोर्डनमा हमला
सुन्नुहोस्

इरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) ले अमेरिकाले होर्मुज जलडमरूमध्यस्थित इरानी बन्दरगाह र टापुहरूमा गरेको आक्रमणको प्रतिशोधस्वरूप बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा हमला गरेको दाबी गरेको छ ।

बुधबार सरकारी सञ्चारमाध्यममार्फत जारी विज्ञप्तिमा आइआरजीसीले बहराइनस्थित अमेरिकी पाँचौं नौसैनिक बेडा र कुवेतको अली अल सलिम हवाई अड्डामा ड्रोन आक्रमण गरेको तथा जोर्डनको अजराक हवाई अड्डामा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । आइआरजीसीका अनुसार २१ वटा अमेरिकी लक्ष्यलाई निशाना बनाइएको थियो, जसमध्ये चार वटा ध्वस्त पारिएको दाबी गरिएको छ । तीमध्ये जोर्डनस्थित सैन्य अड्डामा रहेको एफ–३५ लडाकु विमानको ह्याङ्गर पनि समावेश रहेको बताइएको छ ।

साथै, इरानले आफ्नो जाम शहरको आकाशमा अमेरिकी एमक्यु–९ ड्रोन खसालेको दाबी पनि गरेको छ । यसअघि मंगलबार अमेरिकाले आफ्नो अपाचे हेलिकोप्टर इरानले खसालेको आरोप लगाउँदै होर्मुज जलडमरूमध्य क्षेत्रको केश्म टापु तथा इरानी तटीय बन्दरगाहहरूमा हमला गरेको थियो ।

आइआरजीसीले अमेरिकी आक्रमणका कारण सिरिक शहरको दूरसञ्चार टावरमा क्षति पुगेको र दुईवटा पानी ट्याङ्की नष्ट भएको जनाएको छ । साथै, अमेरिकाले थप सैन्य कारबाही गरेमा त्यसको ‘कडा र निर्णायक’ जवाफ दिन आफ्ना सेना पूर्ण रूपमा तयार रहेको चेतावनी दिँदै सम्भावित तनाव वृद्धिको सम्पूर्ण जिम्मेवारी वाशिङ्टनले लिनुपर्ने बताएको छ । अमेरिकाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

बहराइन र कुवेतमा साइरन
जोर्डनको सेनाले इरानबाट अजराकतर्फ प्रक्षेपण गरिएका पाँच वटा क्षेप्यास्त्र अवरोध गरी खसालेको जनाएको छ । उक्त कारबाहीका क्रममा केही भग्नावशेष खसे पनि कुनै मानवीय वा भौतिक क्षति नभएको बताइएको छ । आक्रमणपछि बहराइन र कुवेतमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएको थियो ।

कुवेती सेनाले आफ्नो आकाशमा प्रवेश गरेका ‘शत्रुतापूर्ण हवाई लक्ष्यहरू’ अवरोध गरिरहेको जनाएको भए पनि थप विवरण सार्वजनिक गरेको छैन । अमेरिकास्थित क्विन्सी इन्स्टिच्युट फर रिस्पोन्सिबल स्टेटक्राफ्टका उपाध्यक्ष ट्रिटा पार्सी ले इरानको तीव्र प्रतिक्रियाले नयाँ सैन्य रणनीतिको संकेत गरेको बताएका छन् । उनका अनुसार इरानले अमेरिकाको कुनै पनि आक्रमणको छिटो र कडा जवाफ दिनुपर्ने विश्वास राख्छ, अन्यथा अमेरिकाले सजिलै इरानमाथि हमला गर्न सक्ने अवस्था सामान्य बन्नेछ ।

वार्तामा फर्किने संकेत
यो नयाँ तनावपूर्ण अवस्था इरान र इजरायलबीच अप्रिलमा भएको युद्धविरामपछि देखिएको सबैभन्दा गम्भीर सैन्य भिडन्तको अर्को चरण हो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले विश्व अर्थतन्त्रमा असर पार्नुका साथै इन्धन र खाद्यान्नको मूल्य समेत बढाएको छ । यद्यपि, दुवै पक्ष पूर्ण युद्धमा फर्कन चाहँदैनन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.