पहिरोले कर्णाली करिडोर खण्ड अवरुद्ध, ३ सय बढी यात्री अलपत्र

पहिरोले कर्णाली करिडोर खण्ड अवरुद्ध, ३ सय बढी यात्री अलपत्र
सुन्नुहोस्

कालीकोट :  मंगलबार रातिदेखि भइरहेको भीषण वर्षाका कारण पहिरो खस्दा कर्णाली करिडोरको कालीकोट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित लालीघाटदेखि अँधेरी खोलासम्मका विभिन्न स्थानमा पहिरो खसेपछि सडक यातायात ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) हिमबहादुर खत्रीका अनुसार मंगलबार रातिको वर्षाले लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिकाको रेगिंल खण्ड र पचालझरना गाउँपालिकाको घाटपारी खण्डमा पहिरो खसेको छ।

सडक अवरुद्ध भएपछि बुधवार बिहानदेखि ३०० भन्दा बढी यात्री र १०० भन्दा बढी सवारी साधन बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाउनका लागि जेसीभी (लोडर) परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेका कारण कार्य प्रभावित भएको डीएसपी खत्रीले बताए। उनले वर्षा नरोकिएसम्म तत्काल सडक सञ्चालनमा आउने सम्भावना कम रहेको जानकारी दिए।

यसैगरी, सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष बैकुण्ठ गिरीले करिब ३ किलोमिटर सडक क्षेत्रमा लेदो बगेका कारण पहिरो पन्छाउन निकै कठिन भइरहेको बताए। वडाध्यक्ष गिरीका अनुसार कर्णाली करिडोर हुँदै कालीकोटको रास्कोट, सान्नीत्रिवेणी, पचालझरना तथा छिमेकी जिल्ला बाजुरा र हुम्लाबाट आएका सवारी साधनहरू ठाउँ–ठाउँमा रोकिएका छन्। सुर्खेतबाट आएका गाडीहरू पनि खुलालुमै रोकिएका छन्।

सडक ठप्प भएपछि बिरामी, लोकसेवा तथा अन्य परीक्षा दिन हिँडेका परीक्षार्थी र विशेष कामका लागि यात्रा गरिरहेका यात्रीहरू लालीघाट, रैगिंल, सान्नीगाड र खुलालु क्षेत्रमा अलपत्र परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.