मलाई ज्यान मार्ने र बलात्कारको धम्की आयो : खुश्वु ओली
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले ९० प्रतिशत सनातनीहरु बस्ने देशमा नेपालको संविधानको धाराले समेत सुनिश्चित गरेको नेपाल सनातनी राज्य हुनुपर्छ भन्ने आजाव उठाउँदा आफूमाथि ज्यान मार्ने धम्की आएको बताएकी छिन् ।
प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद ओलीले नेपाल सनातनी हिन्दू राष्ट्र हुनुपर्छ भनेर सदनमा आवाज उठाउँदा आफूमाथि सुनियोजित तरिकाले ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की सामाजिक सञ्जालहरुबाट तेस्र्याइरहेको बताइन् । सांसद ओलीले प्रश्न गरिन्, ‘के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यहि हो ?’
उनले यसलाई आफूले व्यक्तिगत रुपमा सहन सक्ने भए पनि यो धम्की सिङ्गो सनातनी धर्ममाथिको प्रहार भएको बताइन् । दशर्कौदेखि नेपालमा सद्भावसहित बस्दै आएका इसाइले धर्म परिवर्तन गराउँदै कहिल्यै पनि नहिंड्ने बताउँदै सांसद ओलीले कसैले स्वेच्छाले गर्ने भए त्यो उसको कुरा भएको र विदेशीबाट पाट पढाइएका नक्कली इसाइ, आँखा नदेख्नेले आँखा देख्छ, एचएआइभी जस्ता रोगका किटाणु मर्छन्, ह्वीलचेयरमा आएका हिंड्दै जान्छन्। सनातनका भक्त शैतान हुन्, घर बनाई दिन्छौं भन्दै लोभ देखाएर धर्मान्तरण गराउने काम भइरहेको उनले बताइन् । उनले यसै विषयमा आफूले आवाज उठाई दिएको र वास्तविक इसाइहरुलाई यो विषयमा कुनै समस्या हुन नपर्ने बताइन् । नेपालको संविधानको व्यवस्था अनुसार धारा २६ (३) ले पनि धर्मान्तरण गराउन नपाइने व्यवस्था गरेको सांसद ओलीले बताइन् ।
प्रतिक्रिया दिनुहोस !