विप्लवका प्रवक्ता 'प्रकाण्ड'लाई दाङ ल्याइयो

विप्लवका प्रवक्ता 'प्रकाण्ड'लाई दाङ ल्याइयो

दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शुक्रबार दाङ ल्याइएको छ। बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरे लगत्तै उनलाई पुन पक्राउ गरी दाङ ल्याइएको हो।

ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा भोजपुर जिल्ला अदालतले रिहा गरेको थियो। 

निर्वाचनको बेला दाङको तुलसीपुरमा भएको बम विस्फोटको घटनामा जोडेर प्रकाण्डलाई दाङ ल्याइएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गरी तुलसीपुरमा फालिएको बम विस्फोटमा एकजना म्यादी प्रहरीको ज्यान गएको थियो। तुलसीपुरमा निर्वाचनको बेला म्यादीको ज्यान जाने गरी भएको विस्फोटको मुद्दा प्रकाण्डलाई लगाइने प्रहरीले जनाएको छ।

प्रकाण्डबाटै फेला परेको बैठकको माइन्यूटमा शेरबहादुर देउवालाई लक्षित गरी गरिएको ‘जनकारवाही’मा म्यादीको दुर्घटना बस ज्यान गएको उल्लेख भएको प्रहरीको दाबी छ। दाङको बम बिस्फोटमा परी तुलसीपुर १२ का म्यादी प्रहरी २३ वर्षीय विनोद चौधरी मृत्यु भएको थियो।

विश्वकर्मालाई शुक्रबार जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। विश्वकर्माविरुद्ध आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको दाङ प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिए। भोजपुरबाट तीन दिन लगाएर उनलाई दाङ ल्याइएको हो।  

दाङमा प्रकाण्डले संक्षिप्त प्रतिक्रिया दिँदै अदालतको फैसला कार्यान्वयन नगरेर राज्य संविधानविरुद्ध लागि परेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.