दरले बनायो यस्तो हालत

दरले बनायो यस्तो हालत

बनेपा : काभ्रेको पाचँखाल नगरपालिका–१२ कासकोटमा तीज कार्यक्रममा सहभागी भई दर खाएका ७० भन्दा बढी महिला र बालबालिका बिरामी परेका छन्। शुक्रबार ग्रामीण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीज विशेष कार्यक्रममा दर खाएका महिला र बालबालिका ‘फुड प्वाइजन’का कारण बिरामी परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

बनेपा  शिरमेमोरियल अस्पतालमा  दर खाएर बिरामी परेका महिलाहरूको उपचार गरिँदै । तस्बिर साैजन्य :  देवराज केसी

बिरामीहरुको पाँचखाल मेडिकल, धुलिखेल अस्पताल, बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिएका छन्।  केही बिरामी उपचारपछि घर फर्किएको  र अन्यको उपचार भएरहेकाे  प्रहरीले जनाएको छ। अन्य बिरामीहरुलाई पनि प्रहरीको सहयोगमा उपचारका लागि अस्पताल ल्याउने काम भइरहेको एसपी खड्काले बताए । तीज कार्यक्रममा करीब दुई सय भन्दा बढीले खाना खाएको बताइएको छ । 

दर खाएका कारण बिरामी परेका महिला, बालकालिकाको पाँचखाल मेडिकलमा उपचार गरिँदै । तस्बिर सौजन्य : आर के मैनाली


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.